हाेटल व्यवसायी संघ मेचीनगरकाे भवन उद्घाटन : अनुशासित भएर व्यवसाय सञ्चालन गर्न नगर प्रमुखकाे आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

७ भदाै, मेचीनगर : हाेटल व्यवसायी संघ मेचीनगर झापाकाे नवनिर्मित भवनकाे विहीबार उद्घाटन भएकाे छ । भवनकाे लागत करीव २२ लाख रूपैयाँ रहेकाे छ ।
प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गाेपालचन्द्र बुढाथोकी र विशिष्ट अतिथि उपप्रमुख मीना पाेखरेल उप्रेतीले संयुक्तरूपमा रिवन काटेर, पानसमा दिप प्रज्वलन र व्यानर वाचन गरेर हलसहितकाे एकतले भवनकाे विधिवतरूपमा उद्घाटन गर्नुभएकाे थियाे ।

भवन निर्माणकालागि मेचीनगर नगरपालिकाले १० लाख रूपैयाँ आर्थिक सहयाेग गरेकाे थियाे । नेवारी समुदायकाे लाखे नाँचसहित निक्कै तामझामका साथ उद्घाटन भएकाे भवन उद्घाटन समाराेहकाे अध्यक्षता संघका अध्यक्ष सुरेशकुमार ( गाेपाल) श्रेष्ठले गर्नुभएकाे थियाे । देशभरमा पहिलाे पटक हाेटल व्यवसायी संघ मेचीनगरले आफ्नाे भवन निर्माण गरी उद्घाटन गरेकाे दाबी गर्नुभयाे ।

काेभिडका कारण थला परेकाे नगरकाे हाेटलसहित अन्य व्यवसाय पुरानाे लयमा फर्किन नसकेकाे उहाँले गुनासाे गर्नुभयाे । नगरभित्र थुप्रै धार्मिक एवम् साँस्कृतिक पर्यटकीय क्षेत्रभए पनि व्यवसायीले आन्तरिक एवम् वाह्य पर्यटकलाई पुर्याउन नसकेकाे स्पष्ट पार्नुभयाे । बैंककाे व्याजलगायत अन्य कारणले गर्दा अहिले पनि व्यवसाय संकटमा परेका कारण अधिकाँश व्यवसायीहरू पलायन भएकाे र वैकल्पिक पेशामा लागेकाे समेत धारणा व्यक्त गर्नुभयाे । भवन निर्माणका लागि प्रत्यक्ष पराेक्षरूपमा सहयाेग पुर्याउनुहुने सवैप्रति संघकातर्फबाट हार्दिक आभार प्रकट गर्नुभयाे ।

महासचिव हस्तकुमार तामाङले सञ्चालन गर्नुभएकाे उद्घाटन समाराेहमा बाेल्दैँ प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले भवन निर्माणकालागि लाग्नु हुने सवैप्रति धन्यवाद ज्ञापन गर्नुभयाे । भवनहरूमात्र विकासकाे सूचक नभएकाे उहाँकाे भनाई थियाे । “संघले जे उद्धेश्यले भवन बनाएकाे हाे उद्धेश्य अनुसार चल्नुहाेस” नगरप्रमुख बुढाथोकीले भन्नुभयाे-“अनुशासितरूपमा व्यवसाय सञ्चालन गर्नुहाेस, हाेटल व्यवसायीकाे हक, हित अधिकारकालागि लाग्नुहाेस ।”

भारतीयभूमि हुदैँ पैदलमार्ग भएर बंगलादेश तथा तेस्राेमुलकबाट नेपाल घुम्न आउने पर्यटकलाई भारतीय अध्यगमन चेकपाेस्टले आगमन अनुमती नदिदाँ यहाँकाे पर्यटनक्षेत्र र व्यवसायीमा समेत संकट परेकाे स्पष्ट पार्दैँ पुर्वीनाकालाई सहज बनाउन सम्बन्धित क्षेत्रसँग स्थानीय सरकारले पटक पटक छलफल गरेकाे बताउनुभयाे ।

पछिल्लाे समय नाका केहीहदसम्म सहज बन्दैँ गएकाे उहाँकाे भनाई छ । स्थानीय सरकार स्थानीयवासीकाे भएकाे र उनीहरूका सारागारा, अप्ठ्यारोमा सरकार उभिने स्पष्ट पार्नुभयाे । यसका लागि छलफल निरन्तर छ । वसपार्कलाई व्यवस्थित गर्न सम्बन्धित संघ संस्थासँग छलफल जारी रहेकाे उहाँकाे भनाई छ । कानुनलाई अध्ययन गरेर सरकार अघि बढ्ने छ ।

विशिष्ट अतिथि उपप्रमुख उप्रेतीले नगरभित्र सवैभन्दा बढी हाेटल व्यवसाय काँकडभिट्टामा रहेकाे बताउनुभयाे । भारतसँग प्रत्यक्ष सीमा जाेडिएकाे यस ठाउँमा विभिन्न व्यवसाय सञ्चालन गर्नु निक्कै चुनाैती रहेकाे र व्यवसायीहरूले याे चुना‌तीलाई अवसरकाे रूपमा लिन आग्रह गर्नुभयाे । स्थानीय सरकारले चाहेर पनि नगरवासीका सवै अपेक्षा समयमै सम्बाेधन गर्न नसके पनि क्रमस सम्बाेधन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे । नगरपालिकाले संघकाे मागलाई सम्बाेधन गरेर सानाे रकम विनियाेजन गरेकै कारण याे भवन निर्माण हुन सफल भएकाे र याे नगरकाे सम्पति रहेकाे स्पष्ट पार्नुभयाे ।

नगरभित्र सुधार गरेर अघि बढ्नुपर्ने थुप्रै कामहरू रहेकाे र यसमा नगरभित्रका सवै संघ संस्थाकाे समन्वय सहकार्य जरूरी रहेकाे बताउनुभयाे । नगरपालिका स्थानीय ठाउँकाे पर्यटन प्रवद्धन र विकाशमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रममा बाेल्दै हाेटल व्यवसायी संघ झापाका अध्यक्ष ईन्दिरा श्रेष्ठले हाेटल व्यवसायी संघ मेचीनगर जिल्लाकै उत्कृष्ट संघ भएकाे भन्दैँ आफ्नै भवन निर्माण गर्न सफल भएकाेमा संघप्रति धन्यवाद ज्ञापन गर्नुभयाे । कार्यक्रममा संघका पुर्व अध्यक्ष एवम् मेचीनगर नगरपालिका वडानम्वर – ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, नाईट चेस क्लव काँकडभिट्टाका अध्यक्ष एवम् हाेटल व्यवसायी राजु कार्कीलगायतले बाेल्नुभएकाे थियाे ।
पुर्वअध्यक्ष अर्जुन सुब्बालाई सम्मान समेत गरिएकाे कार्यक्रममा सहभागी सवैलाई स्वागत संघका वरिष्ठ उपाध्यक्ष मानबहादुर (ध्रुव)गिरीले शब्दद्वरा गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.