शिक्षकलाई पेसा छोडेको दिनमात्रै राजनीतिमा आउने ढोका खोल्नुपर्छ : गगन थापा

A notice in Nepali from Mechinagar Ward No. 10

८ भदौं, काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकलाई पेसा छोडेको दिनमात्रै पार्टीमा आउने ढोका खोल्नुपर्ने बताएका छन्। सोमबार पार्टी कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले कानुनले नै बन्देज गरेपछि शिक्षक र राजनीतिको विषयमा पार्टी प्रस्ट हुनुपर्ने बताए।

महामन्त्री थापाले आउने महासमिति बैठकमा यस विषयमा प्रस्ट पार्नुपर्ने बताए। ‘शिक्षक र राजनीतिको विषयमा अब हामी प्रस्ट हुनुपर्छ। कानुनले नै शिक्षकहरूले राजनीति गर्न पाउँदैन भनिसकेपछि उनीहरूले पेसा छाडेको दिनमात्रै पार्टीले ढोका खोलिदिनुपर्छ। महासमिति बैठकले यस विषयमा निर्णय गर्नुपर्छ,’ उनले भने।

उनले लोकतान्त्रिक शिक्षक संघका आबद्ध शिक्षकहरूले उदाहरणीय विद्यालय सञ्चालन गरेको उदाहरणसमेत दिए। ‘राजनीतिमा लागेर पनि शिक्षकहरूले उदाहरणीय विद्यालय सञ्चालन गरेको हाम्रै अध्ययनले देखाउँछ। तर राजनीतिक गर्ने कुरामा अब शिक्षकहरूले पनि सही निर्णय गर्न जरुरी छ,’ उनले थपे। उनले शिक्षक पेसा आबद्ध भएर आर्जन गरेका कुराले पेसा छाडेपछि पार्टीसँग जोड्न सकिने बताए। उनले कर्मचारीको विषयमा पनि कांग्रेस प्रस्ट हुनुपर्ने बताए।

महामन्त्री थापाले शिक्षकलाई खुसी बनाएमात्रै शिक्षा गुणस्तरीय हुने बताए। शिक्षक आन्दोलनको स्मरण गर्दै उनले सरकारसँग भएको सहमतिलाई कांग्रेसले अनुशरण गर्ने बताए। उनले संसदमा दर्ता भएको शिक्षा विधेयक संशोधन हुने बताए। ‘बहुप्रतिक्षित शिक्षा विधेयक संसदमा दर्ता भएको छ। खुसीको कुरा हो। संसदमा दर्ता भएपछि अवश्य संशोधन हुन्छ। मैले आफैंले ७०-८० वटा संशोधन भेटाएको छु,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.