उडवायज एवं एड्भान्स तहको दीक्षान्त समारोह सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

१३ असोज, विराटनगर : प्रदेश स्काउट कार्यालय, कोशी प्रदेशको आयोजना उडवायज एवं एड्भान्स तहको दीक्षान्त समारोह सम्पन्न भएको छ । माननीय सामाजिक विकास राज्य मन्त्री सिर्जना राई ज्युको प्रमुख आतिथ्यता रहेको समारोहमा प्रदेश तदर्थ समितिका सदस्य एवम् राष्ट्रिय प्रशिक्षक अरुण वस्नेत, सदस्य हेमन्त भण्डारी, सदस्य मुन्नु पोखरेल, राष्ट्रिय प्रशिक्षक एवम् प्रदेश तदर्थ समिति सल्लाहकार संयोजक शिवकुमार पौंडेल, राष्ट्रिय प्रशिक्षक निर्मला अधिकारी, राष्ट्रिय प्रशिक्षक नवलप्रसाद उपाध्याय, सहायक राष्ट्रिय प्रशिक्षकद्वय शिवानी देवान एवम् नारायण श्रेष्ठ तथा स्काउट लिडरहरुको उपस्थिति रहेको थियो ।

समारोहको अध्यक्षता प्रदेश संयोजक श्री रवि खनालले गर्नुभएको थियो भने सदस्य श्री अरुण वस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । दीक्षान्त समारोहमा राष्ट्रिय प्रशिक्षक श्री शिव कुमार पौडेल ज्युले २५ जना उडवायज परीक्षामा सफल स्काउट लिडरहरुलाई दीक्षान्त दिनुभएको थियो भने राष्ट्रिय प्रशिक्षक श्री निर्मला अधिकारी ज्युले १४ जना एड्भान्स परीक्षामा सफल स्काउट लिडरहरुलाई दीक्षान्त दिनुभएको हो ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय सामाजिक विकास राज्य मन्त्री सिर्जना राई ज्युले कोशी प्रदेशका सबै विद्यालयमा स्काउट संचालनका लागि प्रदेश सरकारले आवश्यक सहयोग एवं समन्वय गर्ने बताउनुभयो । कार्यक्रमको संचालन प्रदेश अधिकृत नवराज घिमिरेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.