एमाले २०८१ वैशाखमा चुनावका लागि ‘रेडी’ छ : कोसी मुख्यमन्त्री कार्की

A notice in Nepali from Mechinagar Ward No. 10

कोसी प्रदेशका मुख्यमन्त्री हिम्मत कार्कीले आफ्नो सरकारलाई विश्वासको मत नदिने हो भने २०८१ वैशाखमा चुनावका लागि तयार रहन राजनीतिक दलहरुलाई चुनौती दिएका छन् ।
‘मेरो नेतृत्वको सरकारले असोज २० गतेभित्र विश्वासको मत लिन्छ । त्यसका लागि असोज १७ का लागि हिउँदे अधिवेशन आह्वान गरिसकेको छ । मैले सबै दलका नेताहरुसँग कुराकानी गरेँ । तर नेपाली कांग्रेसका साथीहरुसँग अब के हुन्छ भन्ने कुनै जवाफ छैन । संविधानको १६८ (३) अनुसारको सरकारले विश्वासको मत पायो भने हामी सर्वदलीय प्रकृतिको सरकारमा जान्छौं । यदि त्यो हुन सकेन भने वैशाखमा अर्को निर्वाचनको तयारी गरौं,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग विराटनगरमा उनले भने ।
मुख्यमन्त्री एवं नेकपा एमालेका नेता कार्कीले प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसलाई जिम्मेवार बन्न आग्रह गरे । उनले भने, ‘देश अहिले अप्ठ्यारोमा छ । विभिन्न दलमा हिजोका उपलब्धि उल्टाउन चाहने अतिवादी शक्तिको घुसपैठ छ । जातीय र धार्मिक द्वन्द्व चर्काउन चाहने तत्व सक्रिय छ । यदि हाम्रो सरकारले विश्वासको मत पाएन भने संविधानको धारा १६८ (५) को सरकारले पनि विश्वासको मत प्राप्त गर्न सक्दैन । यस्तो अवस्थामा कांग्रेस जिम्मेवार बन्नुपर्छ कि पर्दैन ?’ उनले नेकपा एमाले चुनावबाट पिठ्युँ फर्काएर नभाग्ने पनि बताए । कार्कीले भने, ‘चुनावका लागि एमाले रेडी छ ।’
रपोर्टर्सनेपालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.