‘समाजवादी जागरण अभियान २०८०’ सुरु : प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले जनताका कुनै काम नगरेको अरोप

A notice in Nepali from Mechinagar Ward No. 10

१४ असोज, झापा : मुलुक रुपान्तरणका एजेण्डा राष्ट्रलाई सुनाउन र आम जनताका सुझाव लिन भन्दैं नेकपा (एकीकृत समाजवादी)ले मेची महाकाली सम्म रोजगारी र संमृद्धि र सुशासनको नाराका साथ ‘समाजवादी जागरण अभियान २०८०’ आइतबारबाट सुरु गरेको छ ।

झापाको काँकरभिट्टाबाट सुरु भएको अभियानको पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विधिवत उद्घाटन गर्नुभएको थियो । अभियान सुरुवात गर्न पार्टी अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव जगन्नाथ खतिवडा, समाजवादीका नेताहरु रामकुमारी झाँक्री, दीपक मनाङगेलगायतका नेता काँकरभिट्टा आउनु भएको थियो ।

उद्घाटन अघि विभिन्न जातजातिको पहिचान झल्किने झाँकी, नौमती बाजागाजासहित सयौंको संख्यामा उपस्थित सहभागी र्यालीले काँकरभिटटको मुख्य : स्थानको परिक्रमा गरेको थियो । स्थानीय लक्ष्मीनारायण मन्दिर परिसरबाट सुरु र्याली पुनः त्यही आएर उद्घाटन सभामा परिणत भएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले मेचीदेखि महाकालीसम्मका जनतालाई आफ्नो पार्टीसँग जोड्नका लागि मेची–महाकाली ‘समाजवादी जागरण अभियान २०८०’ प्रारम्भ गरिएको स्पष्ट पार्नुभयो ।

असोज १४ गतेदेखि असोज २९ गतेसम्मको ‘समाजवादी जागरण अभियान २०८०’ सिंगो देशलाई केही सन्देश सम्प्रेषण गर्ने उद्देश्यले सञ्चालन गरेको बताउँदैं अध्यक्ष नेपालले भन्नुभयो— ‘जनतामाझ जाँदा पार्टीले जनताका एजेण्डा लिएर जाने र यो अभियान पार्टीलाई जनतासँग जोड्ने पनि हो ।’

पूर्वप्रधानमन्त्री नेपालले देशको हालको स्थिति र आगामी दिनमा पार्टीले लिने कार्यदिशा जनतालाई अवगत गराउन पनि अभियानको सुरुवात गरिएको बताउनुभयो । उहाँले नेकपा (एकीकृत समाजवादी) पार्टी कम्युनिष्ट पार्टी भएकाले जनताका घरघर जान दलका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । काँकरभिट्टाकोे मेची नदी किनारबाट सुरुे अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने यसअघि नै जानकारी गराईएको छ । यस अवधिमा करिब १ हजार किलोमिटर यात्रा तय गरिएको छ ।

अभियानको क्रममा बेरोजगारी समस्याको समाधान, कृषिको विकास, उद्योग क्षेत्रको विकास र पूर्वाधार निर्माणको सम्बन्धमा पनि पार्टीको योजना सुनाउँदै जनताको सल्लाह, सुझाव पनि सुन्ने पार्टीले जनाएको छ । वर्तमान राजनीतिक दलहरुमा समाजवादमा कसरी पुग्ने भन्ने कुरामा अस्ष्टता रहेको भन्दै पार्टी भने स्पष्टता साथ अघि बढेको बताईको छ ।

‘रोजगारी, समृद्धि र सुशासन’ को नाराका साथ शुरु ‘समाजवादी जागरण अभियान २०८०’ मार्फत पूर्व–पश्चिम यात्रा गर्ने जनाएको छ । देश रूपान्तरणको मूल एजेन्डासहित शुरु अभियानमा समृद्धि र समाजवादको लागि हुनुपर्ने ठोस कार्यक्रमका बारेमा जनतालाई जानकारी गराउने, आगामी माघ १४ गतेदेखि १८ गतेसम्म हुने पार्टीको महाधिवेशनका लागि महाधिवेशनअघि जनताको सुझाव संकलनका रुपमा पनि यो अभियान रहेको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

पार्टीका केन्द्रिय सदस्य एवम् झापाका इञ्चार्ज पुष्पराज पोखरेलले सञ्चालन गर्नुभएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले बर्तमान प्रचण्ड नेतृत्वको सातदलिय गठबन्धन सरकारले जनताका कुनै काम नगरेको दाबी गर्दै संविधानले नेपाली जनतालाई हक दिए पनि अझै खाने र बस्ने हक नपाएको विचार राख्नुभयो । ‘हिजो सामन्ती वर्गले शोषण गर्थे भने अहिले पूँजीपति वर्गले शोषण गरिरहेको उहाँको टिप्पण्ी थियो । अहिले पनि गाँस, बास र कपासको हक पाउनबाट नेपाली जनता वञ्चित रहेको स्मरण गराउँदैं पूर्व प्रधानमन्त्री खनालले देशका हरेको क्षेत्र ‘दलाल पूँजीपति’हरूको कब्जामा रहेको दाबी गर्नुभयो । देशमा कृषि क्रान्ति गर्नसके नेपाली जनताले राहतको अनुभूति गर्न पाउने उहाँको भनाई थियो ।

पार्टीका महासचिव घनश्याम भुसालले किसानले उत्पादन गरेको हरेक बस्तुको बिक्रीको ग्यारेन्टी गर्दा कम्तिमा पाँच बर्षमा परिवर्तनको अनुभूति गर्न सकिने दाबी गर्दै अन्य देशहरूमा यो कुरा सम्भव भएको तथा नेपालमा पनि यसको ग्यारेन्टी गर्नसके कम्तिमा पाँच वा सात वर्षभित्रमा कृषिलाई व्यवस्थित गर्न सकिने बताउनुभयो । कृषिमा श्रम गर्ने मान्छे बचतको भागिदार हुने उहाँले बताउनुभयो । अभियानले आइतबार झापाको विर्तामोड, दमकलगायतका मुख्यः स्थानमा कोणसभा गर्दै सुनसरीको इटहरी पुगेर बास बस्ने उपमहासचिव खतिवडाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.