रोटरी क्लव अफ सुरुङ्गाद्वारा सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री वितरण

A notice in Nepali from Mechinagar Ward No. 10

१५ असोज, कनकाई : रोटरी क्लव अफ सुरुङ्गाले विपन्न समुदायका वालवालिकाहरु भएको कनकाईको एक सामुदायिक विद्यालयमा अध्ययनरत २२८ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लवले कनकाई नगरपालिका—४ स्थित कनकाई गायत्री प्राविमा अध्ययनरत वालवालिकाहरुलाई विद्यालय परिसरमै उपस्थित भएर शैक्षिक सामाग्री वितरण गरेको हो । क्लवले आफ्नो वार्षिक कार्यक्रमको निरन्तरता स्वरुप यस पटक कनकाई गायत्री प्राविमा अध्ययनरत नर्सरीदेखी कक्षा पाँचसम्मका विद्यार्थीलाई कापी, पेन्सील लगायत खेलकुदका सामाग्री वितरण गरेको क्लवका अध्यक्ष शिवकुमार कडेलले जानकारी दिए ।

सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धिकालागि स्थानीय स्तरका विभिन्न विद्यालयमा सहयोग गर्दै आएको क्लवले सामाजिक गतिविधिसँगै शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाईका क्षेत्रमा समेत महत्वपूर्ण कार्यक्रम संचालन गर्दै आएको क्लवका कानुनी सल्लाहकार रामप्रसाद निरौलाले बताए । विपन्न वर्ग र समुदायका ग्रामिण क्षेत्रका वालवालिकालाई समेत शिक्षाप्रति थप आकर्षण बढाउँन क्लवले खेलकुदसहित शैक्षिक सामाग्री वितरण गरेको पत्रकार एवं क्लवका कानुनी सल्लाहकार निरौला बताउँछन् ।

आर्थिक अवस्था ज्यादै न्युन भएका मजदुर वर्गका वालवालिकाहरु अध्ययनरत यस कनकाई गायत्री प्राविको शैक्षिक स्तर वृद्धिकालागि रोटरी क्लव अफ सुरुङ्गाको सहयोगले विद्यालयलाई थप हौसला प्रदान गरेको भन्दै कनकाई—४ का पुर्व वडाअध्यक्ष एवं विद्यालयका सल्लाहकार संयोजक गोविन्द पौडेलले खुशी व्यक्त गरेका छन् ।

स्वार्थभन्दा माथि उठेर सामाज सेवा गर्ने पवित्र उद्देश्यका साथ विभिन्न पेशा, व्यवसायमा संलग्न व्यक्तित्वहरु रहेको रोटरी क्लव अफ सुरुङ्गाको सर्भिस प्रोजेक्ट अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको कार्यक्रम संयोजक सुस्मा न्यौपाने उप्रेतीले बताएकी छन् । सर्भिस प्रोजेक्ट चेयरका रुपमा क्लवका पुर्व अध्यक्ष कुमारमणि पोखरेल रहेका छन् भने सदस्यहरुमा सुस्मा न्यौपाने उप्रेती र दिपक कुवँर रहेको बताइएको छ ।

ग्रामिण क्षेत्रमा रहेर विभिन्न समस्यालाई सहज बनाउँने प्रयासमा अघि बढेको यस विद्यालयले अंग्रेजी माध्यमलाई समेत अभ्यासका रुपमा संचालन गर्दै लगेको विद्यालयका प्रधानाध्यापक जनार्दन पोखरेलले बताएका छन् । सामाजिक क्षेत्रमा विभिन्न गतिविधी संचालन गर्दै अघि बढेको रोटरी क्लव जस्तो अन्तर्राष्ट्रिय सामाजिक संस्थासँगको सहकार्यले विद्यालयको चौतर्फी विकासमा थप सहयोग पुग्नेछ भन्ने कुरामा विद्यालय परिवार विश्वस्त रहेको प्रधानाध्यापक पोखरेलले जनाएका छन् ।

क्लवका अध्यक्ष शिवकुमार कडेलको सभापतित्व रहेको संक्षिप्त कार्यक्रममा कनकाई नगरपालिका वडा नं.४ की वडासदस्य मन्दिरा विश्वकर्माले राज्यको दायित्वभित्र रहेको विद्यालय शैक्षिक सुधारको कार्यक्रममा रोटरी क्लवले गरेको सहयोगप्रति खुशी व्यक्त गरिन् । निस्वार्थ रुपमा सामाजिक सेवामा क्रियाशिल यस्ता संस्थाहरुको असल कार्यले समाज रुपान्तरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्दै वडासदस्य विश्वकर्माले रोटरी क्लवसँग स्थानीय सरकारले समेत समन्वय गरेर काम गर्न चाहेको बताएकी छन् ।

क्लवकी सचिव विनिता मैनाली बिमलीले संचालन गरेको औपचारिक कार्यक्रममा संयोजक सुस्मा न्यौपाने उप्रेतीले स्वागत गरेकी थिइन् । कार्यक्रममा क्लवका पदाधिकारी सहित सदस्यहरुको उपस्थिती रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.