काठमाडौं : सरकारले मंगलबार सार्वजनिक बिदा नदिइएको स्पष्ट पारेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले सार्वजनिक बिदा नभइ राष्ट्रिय शोक मात्र घोषणा गरिएको जानकारी दिइन् ।
“असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरुमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,” उनले भनिन्, “भोलि बिदा भने होइन ।”
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पनि भोलि सार्वजनिक बिदा नभएको जानकारी दिए ।
“भोलि सार्वजनिक बिदा होइन राष्ट्रिय शोक मात्र घोषणा गरिएको हो,” उनले भने, “सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय भएको हो ।”



























