कोशी प्रदेशमा राष्ट्रिय योजना आयोगको अन्तरक्रिया

२४ कात्तिक, विराटनगर: शुक्रबार कोशी प्रदेशको विराटनगर मोरङको होटल इस्टर्न स्टार प्रालिमा सोह्रौँ योजना तर्जुमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मेचीनगर नगरपालिकाकातर्फबाट उपप्रमुख मीना पोखरेल उप्रेती र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी सहभागी हुनुभयो ।

चालु आर्थिक वर्ष २०८०/०८१ पन्ध्रौँ योजना कार्यान्वयनको अन्तिम बर्ष भएको र आगामी आव २०८१/०८२ देखि २०८५/०८६ सम्म कार्यान्वयन गर्ने गरी सोह्रौँ योजना तर्जुमाको कार्य राष्ट्रिय योजना आयोगले अगाडि बढाएको जानकारी गराईएको थियो ।

हालसम्म विकाश प्रशासनका विषयविज्ञहरू, संघीय मन्त्रालय तथा निकायमा कार्यरत नेपाल सरकारका सचिव एवम् विशिष्ट श्रेणीका कर्मचारीहरू,प्रदेश योजना आयोगका उपाध्यक्ष तथा स्थानीय तहका छाता संगठनका प्रतिनिधिहरूसँग विभिन्न चरणमा छलफल अन्तक्रिया सम्पन्न गरी प्राप्त सुझावहरू समेतका आधारमा सोह्रौँ योजनाको अवधारणा पत्र आयोगबाट स्वीकृत भएको र सोहि आधारमा योजना विस्तृत दस्तावेजको प्रारम्भिक मस्यौदा तयार गरिएको बताईएको छ ।

योजनालाई यथार्थपरक, कार्यान्वयनयोग्य र नतिजामुलक बनाई मुलुकको समग्र आर्थिक, सामाजिक विकाशको मार्गदर्शक योजनाको रूपमा तर्जुमा गर्न र योजनाको प्रारम्भिक मस्यौदा उपर कोशी प्रदेश भित्रका सबै स्थानीय तहसँग विस्तृत छलफल तथा अन्तरक्रिया आयोजना गरिएको आयोजक नेपाल सरकार राष्ट्रिय योजना आयोगले जनाएको छ । सुझावसहित समूहगत प्रस्तुती तथा छलफल भएको थियो ।

सोह्रौँ योजनाको मस्यौदा प्रतिवेदन सम्बन्धि छलफल, विषयर परिच्छेद माथि छलफल तथा सुझाव संकलन, सोह्रौँ योजना किन रु नेपालको सन्दर्भमा योजनाको महत्व् सोह्रौँ योजनाको कार्यदिशा पन्ध्रौं योजनाको समिक्षा कार्यक्रमको उद्येश्य र स्वरूप लगायतका विषयमा छलफल भएको थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य, कार्यक्रम निर्देशक, सहसचिव, नेपाल नगरपालिका संघ कोशी प्रदेशसमिति, गाउँपालिका राष्ट्रिय महासंघ कोशी प्रदेश समितिसहित कोशी प्रदेशभित्रका पालिकाहरूबाट नगरपालिका प्रमुख र उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत सहभागी हुनुहुन्थ्यो ।

Exit mobile version