
छठ उत्तरी भारत र नेपालमा एकदमै महत्व दिई आस्थाका साथ मनाईने पर्व हो। यसलाई डाला पुजा तथा सूर्य षष्ठीका नामले पनि चिनिन्छ। हाल मधेसी मूलका मानिसले मात्र नभई जुनसुकै जातजाति र सम्प्रदायका मानिसहरुले मनाउने गरेका छन्।छठमा कार्तिक शुक्ल पञ्चमी र षष्ठी गरी दुईदिनलाई मुख्य दिन मानिन्छ।
कसरी सुरु भयो छठ रु कस्तो थियो पहिलेको छठ
छठ पर्वको सुरुवात देवी देवताकै पालामा त्रेता युगबाट सुरु भएको भनिए पनि यसमा निकै मतमतान्तर रहेको कुरा विज्ञहरु बताउँछन्। सुर्य पुत्र कर्णले बिहारमा राज गर्दा सुर्यको पुजा गर्न थाले पछि सुरु भयो भन्ने किंवदन्ती रहेको छ भने कुनै समय निसन्तान रहेका दम्पती प्रियव्रत र मालिनीले महर्षि कश्यपको सहयोगमा सन्तान प्राप्तिका लागि यज्ञ गरेका र नौ महिनापछि मृत सन्तान प्राप्त भएको थियो । बल्ल बल्ल भएको सन्तान पनि मृत जन्मेकाले बुबाले आत्महत्या गर्नै लाग्दा माता षष्ठी प्रकट भएको र पुजा विधि बताएकी थिईन्।सोहि विधि अनुसार पुजा गर्नाले सन्तान प्राप्त भएपछि छठको सुरुवात भएको पाईन्छ।यसो हुँदा छठलाई निसन्तान रहेकाहरुले बढी महत्त्वका साथ पुजा गर्ने चलन रहेको पाईएको छ।
कहिले पर्छ छठ
दशैं तिहार सकिए लगतै कार्तिक महिनामा र चैत्र महिनामा पर्छ। मधेसी समुदायमा कार्तिकको छठलाई मुख्य मानिने कुरा मैले मधेसी समुदायकी सहकर्मी ममता कामतबाट जानकारी पाएँ। वहाँले दुवै छठको विशेषता एकै अर्थात् महिना फरक भएपनि एकै तिथिमा मनाईन्छ भन्नुभयो।तर चैती छठ थोरैले मात्र मनाउने समेत जानकारी गराउनु भयो।
अरु केही ईतिहास वा किंवदन्ती छ कि
छठ पर्वको ईतिहास हेर्ने हो भने यस्को महत्व व्रतालु र परिवारको स्वास्थ्यसंग रहेको छ।
सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ। षष्ठी व्रतकाबारेमा अग्नि पुराणमा पनि लेखिएको पाईन्छ ।कुन्ती, द्रौपदी सहित पाण्डवले पनि वनवास र अज्ञातवासमा रहँदा यो व्रत गरेको कुरा महाभारतमा उल्लेख छ ।
खर्ना( जुन समयहो व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन्। षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन्। व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन्। यसपर्वमा शुद्धता निकै आवश्यक भएकाले कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन्।
तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास रहेकाले शुद्ध मन वचन र कर्मकालागि धर्मावलम्बीहरु खटिने गर्छन्।व्रतालु मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्छन्। व्रत बसेको निश्चित व्यक्तिको स्वास्थ्यमा असर देखिए अर्को सदस्यले व्रत हस्तान्तरण गर्न सकिने रोचक तथ्य रहेको छ।
के के चढाईन्छ
(निरामिस व्रतमा बार्नुपर्ने) अमिलो तथा नुनिलो स्वाद भएका बाहेक सबै गुलिया फलफूल तथा मुला, लौका, बैगुन जस्ता सागपातहरु तथा अदुवा बेसार र मानव स्वास्थ्यका दृष्टिले महत्वपूर्ण सागपात र फलफूल आदि कुरा चढाईन्छ। सुजी र मैदाबाट बनेको खजुरी र आँटाबाट बनेको ठकुवा र कसार समेत चढाईने रहेछ।
लेखकको तर्फबाट,
सूर्य नितान्तस् वास्तविक कुरा र प्रकाशको स्रोत भएकाले यसलाई एक प्राकृतिक र वैज्ञानिक रुपले पनि हेर्न सकिन्छ। सूर्य बिना संसार परिकल्पना गर्न नसकिने हुँदा सूर्यको पूजा गरिनुमा यथार्थता छ भन्न सकिन्छ। बिहानी सुर्यको किरणबाट भिटामिन डि पाउन सकिन्छ भन्ने बैज्ञानिक तथ्य रहेको छ। यसो हुँदा एक निश्चित दिन मात्र नभई सदैव सुर्यको पुजा गरे जनमानसमा निकै फाईदा हुने देखिन्छ।
कुरा गरौँ पूर्वि नेपालमा रहेको झापा जिल्लाको छठको
झापामा प्रमुख मानिने नदी मेची कन्काई तथा बिभिन्न क्षेत्रमा फैलिएको मेची नदिमा व्रतालुहरुले घाट बनाई पुजा गर्नेगरेको पाईन्छ। झापामा मधेसी समुदायले निकै भू(भाग ओगटेको छ। यति मात्र नभइ छठको बेला यस्ता नदी किनारमा मेला लाग्ने भएकाले व्रतालुका साथ साथ मेला हेर्न आउने को पनि निकै जमघट हुने गर्छ।
बिकास तिम्सिना, भद्रपुर
लेखक मानवशास्त्रमा स्नातक गर्दै गरेका छन् भने उनका लेख तथा साहित्यहरु बिभिन्न पत्रिकामा प्रकाशित छन्।

























