चारमहिनामा डेढअर्ब भन्दा कमकोे चिया निर्यात : चिया निर्यात १८.८१ प्रतिशतले घट्यो

१० मंसिर, मेचीनगर : गत आर्थिक वर्ष २०७९/०८० को पहिलो चारमहिनाको तुलनामा पूर्वी काँकरभिट्टा नाका भएर हुने चियाको निर्यात चालु आर्थिक वर्ष ०८०/०८१ को सोहि अवधिमा १८ दशमलव ८१ प्रतिशतले कमि आएको छ । विभिन्न समयमा भएका मजदुर आन्दोलन तथा नेपालमा उत्पादित चिया नेपाली बजारमै खपत र अन्य देशबाट आयात कम भएका कारण नै नेपाली चियाको निर्यात कम भएको अनुमान सरकारी अधिकारीहरुको छ । पछिल्लो समय चिया निर्यात कम हुनु नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण पनि भएको बताईएको छ ।

कुनै बेला चियाको उत्पादन बढेको बढ्यै गर्ने, विदेश निर्यात बृद्घिभए पनि आन्तरीक खपत प्रतिशत कम थियो । उत्पादनमा बृद्घि तथा आन्तरिक खपत कम भएकै कारण नेपाली चियाको निर्यात बढ्ने गर्दथ्यो । अहिले आन्तरिक खपत बढ्ेको छ । ५० प्रतिशत भन्दा बढी चिया भारत निर्यात हुने गरेको भन्सार अधिकारीहरुको भनाई छ । ठुलो मात्रामा सोझै तेस्रो मुलुक पुग्छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी एवम् भन्सार अधिकृत गणपति कडेलका अनुसार चालु आर्थिक चालु ०८०/०८१ को साउनदेखि कात्तिकमहिनासम्म काँकरभिट्टा नाका भएर १ अर्ब ३१ करोड ३४ लाख ३७ हजार रुपैयाँ मुल्य बराबरको ५५ लाख ८० हजार ९ सय ५३ केजी चिया निकासी भएको छ । गतवर्षको सोहि अवधिमा १ अर्ब ६१ करोड ७८ लाख २१ हजार रुपैयाँ मुलय बराबरको ७८ लाख ४९ हजार ४ सय ११ केजी चिया निर्यात भएको सरकारी तथ्याङ्क छ ।

तुलनात्मकरुपमा दुई वर्षको फरक हेर्दा चालु आर्थिक वर्षको चारमहिना अघिल्लो सोहि वर्षको अवधिको तुलनामा ३० करोड ४३ लाख ८४ हजार रुपैयाँ मुल्य बराबर वा १८ दशमलव ८१ प्रतिशतले चिया निर्यात कमि छ । नेपाली चियाको माग भारत, पाकिस्तान जर्मन रसियालगायत तेस्रोमुलुकमा समेत प्रशस्त रहेको नेपाली चिया उद्योगीहरु बताउछन् । विशेषगरि इलाम झापाका बगानमा उत्पादित चिया त्यसतर्फ निकाशी हुने गरेको छ । झापा जिल्लामा नौ हजार ८८ हेक्टरभन्दा बढी जमीनमा चिया लगाइएको बताइएको छ । समयअनूकुल भए प्रति हेक्टरमा न्यूनतम १६ हजार किलो चिया उत्पादन हुने चिया किसानहरु बताउछन् ।

कहिले काँहि विभिनन माग गर्दे चिया मजदुर आन्दोलित हुने लामो समय सम्म आन्दोलन जारी राख्दा चियाका प्रशोधन केन्द्र र बगान ठप्प हुने गर्दछन् । जस्का कारण समयमै चियामा लाग्ने रोग नियन्त्रण गर्न नसक्दा धेरै हरियो पत्ती नष्ट भएको थियो । चिया कारखाना र बगान बन्द हुदाँ चिया किसान र उद्योगीले भने ठुलै आर्थिक व्यायभार सहनुपर्ने उद्योगीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.