यू–१९ विश्वकप क्रिकेट: नेपाल न्युजिल्यान्डसँंग पराजित

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर।यू–१९ विश्वकप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँंग पराजित भएको छ।विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँंग ६४ रन पराजित भएको हो।

न्युजिल्याण्डले दिएको ३०३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले  ५० ओभरमा ९ विकेट गुमाएर २३८ रन मात्र बनाउन सक्यो र खेल ६४ रनले हार्न पुग्यो।

नेपालका लागि सुरुवाती व्याटर अर्जुन कुमालले सबै भन्दा वढि  १०४ बलमा १२ चौकासंगै ९० रन बनाए ।  कप्तान  देव खनालले ३४ बलमा ५ चौका र १ छक्कासंगै ३६ रन बनाए । सुभाष भण्डारीले आउट नभई ३३ तथा तिलक भण्डारीले पनि आउट नभई १७ रनको योगदान दिए । त्यसैगरी दिपक बोहराले १५ तथा आकाश चन्दले १४ रन बनाए ।

गुल्सन झा र आकाश त्रिपाठी  जम्मा २ रन बनाएर आउट भए।नेपालका शुरुवाती व्याटर   दिपक बोहरा, उतम थापा मगर र दिपेश कडेल  सुन्य रन बनाएर आउट भए।

यस अघि न्यूजिल्यान्डले पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ८ विकेट गुमाएर ३०२ रन बनाएको हो।न्युजिल्याण्डका लागि कप्तान ओस्कर ज्याक्सनले ७५ तथा एस रेडिले आउट नभई १४७  रन बनाए।

नेपालका लागि सुभाष भण्डारीले ३ ,गुल्सन झाले २ तथा दिपेश कंडेल, आकाश त्रिपाठी र तिलक भण्डारीले एक एक विकेट लिए।नेपालको समूहमा रहेको पाकिस्तानले हिजो अफगानिस्तानलाई हराएको थियो।नेपालले अव आउने बुधबार पाकिस्तानसंग खेल्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.