निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि मतदाता नामावली सार्वजनिक

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ : निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगबाट उपनिर्वाचनलाई लक्ष्य गरी देशभर सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी आज सार्वजनिक गरिएको हो।

आयोगले आगामी वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिमध्ये ८८ लाख ८६ हजार दुई सय २६ महिला, ९२ लाख दुई हजार पाँच सय ६९ पुरुष, अन्य एक सय ८८ गरी कूल एक करोड ८० लाख ८८ हजार नौ सय ८३ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा सबैभन्दा बढी मोरङमा तीन लाख ६२ हजार नौ सय ७३ पुरुष र तीन लाख ७६ हजार चार सय ११ र अन्य ६ गरी जम्मा सात लाख ३९ हजार तीन सय ९० मतदाता तथा सबैभन्दा कम मनाङमा तीन हजार पाँच सय ३० महिला र तीन हजार तीन सय १९ गरी जम्मा ६ हजार आठ सय ४९ मतदाता रहेका छन्। गत वैशाख १० गते भएको निर्वाचनभन्दा यस पटक ८७ हजार चार सय १७ मतदाता थप भएका छन्।

आसन्न उपननिर्वाचनमा इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा क्रमशः चार सय २२ मतदाता थप भई एक लाख १५ हजार आठ सय ८९ मतदाता तथा बझाङ जिल्ला क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन ‘क’ मा ६ सय ३८ मतदाता थप भई ६१ हजार सात सय ४८ मतदाता कायम भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.