सशस्त्रको केन्द्रीय गोदाम घरमा भीषण आगलागी, निभाउने प्रयास जारी

काठमाडौँ : काठमाडौँस्थित सतुंगलमा रहेको सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय भण्डारण गृहमा भीषण आगलागी भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार सशस्त्र प्रहरीको जिन्सी सामान राखेको गोदाम घरमै आगलागी भएको हो।

उक्त गोदाम घरमा देशैभरका सशस्त्र प्रहरीका लागि चाहिने जिन्सी सामान राख्ने गरिएको थियो।

अहिले आगो नियन्त्रणको प्रयास जारी रहेको छ। ४ वटा दमकल तथा १२ भन्दा बढी ट्यांकरको सहयोगमा सुरक्षाकर्मीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन्।

एक घण्टा अघिबाट आगो लागेको बताइएको छ। कारण यकिन नभए पनि विद्युत सर्ट भएको आशंका गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.