लागूऔषध विरुद्ध झापा प्रहरी आक्रमक बन्दैं : दशमहिनामा ३ सय ७२ पक्राउ, २ सय ४० मुद्धा दर्ता

कारोवारीलाई नियन्त्रणमा लिन गोली सम्म चलाउनुपर्ने अवस्था

A notice in Nepali from Mechinagar Ward No. 10

४ जेठ, मेचीनगर : १७ वैशाखमा झापामा लागूऔषध कारोबारीलाई नियन्त्रण गर्न खोज्दा गोली चल्यो । झापा गाउँपालिका वडा नम्बर ३ कामाटोली स्थित अक्कल बहादुर बिश्वकर्माको घरको तेश्रो तल्लामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा कारोवारीलाई नियन्त्रण गर्ने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोज्दा प्रतिरक्षा स्वरुप प्रहरीले गोली चलाएको थियो । पछिल्लो समय लागूऔषध नियन्त्रणमा निगरानी बढाउँदै आएको झापा प्रहरी यस विरुद्ध निक्कै आक्रमकरुपमा प्रस्तुत हुन थालेको छ ।

पछिल्लो समय लागूऔषध ओसारपसार तथा सेवनकर्ताको विगविगी बढेसँगै झापा प्रहरी पनि उनीहरुलाई नियन्त्रणमा लिन तथा कानुनी कारवाहीमा सक्रियपूर्वक लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापा प्रहरी लागूऔषध ओसारपसारको संगठित जालोलाई तोडेर कानुनी कारबाहीमा तीव्रता दिन पनि पछिल्लो समय निक्कै आक्रमकरुपमा प्रस्तुत हुँदैं लागूऔषध नियन्त्रणमा निगरानी बढाउँदै आएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

लागूऔषध प्रयोगकर्ताका कारण जिल्लामा विभिन्न आपराधिक क्रियाकलापमा वृद्धि हुदैँ गएका कारण पनि प्रहरी यस विरुद्ध कडारुपमा प्रस्तुत भएको उहाँको भनाई छ । जिल्लामा पछिल्लो समय लागूऔषधका मुद्धाको चाङ पनि निक्कै ठुलै छ । जिल्ला प्रहरी कार्यालय भाmपाको अभिलेख अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को दशमहिनामा यसमा संलग्न स्वदेशी र विदेशी गरी कुल ३ सय ७२ जना पक्राउ परीसकेका छन् ।

प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्दका ३ सय २५ पुरुष र २५ महिलागरी कुल स्वदेशी ३ सय ५० जना र १८ पुरुष र ४ जना महिला गरी कुल २२ जना विदेशी लाई झापा प्रहरीले नियन्त्रणमा लिएको हो । सोहि अवधिमा लागुऔषधका २ सय ४० वटा मुद्धा दर्ता भएका छन् । सो अवधिमा हिरोईन १ हजार ९ सय ४४ ग्राम ४ हजार ६ सय ४० मिलिग्राम र २६ केजीभन्दा बढी गाजा बरामद गरेको प्रहरीको अभिलेखमा उल्लेख छ । चोरी झै झगडा, लुटपाटलगायत घटनामा लागूऔषध प्रयोगकर्ता संलग्न रहने गरेका छन् । प्रहरीको अभिलेख अनुसार हरेक महिना यस्ता मुद्धाका घटनामा बढोत्तरी छन् ।

चालु आवको शुरु साउन महिनामा ३४ पुरुषसहित ३७ जना पक्राउ परेका थिए । बैशाख महिनासम्म आइपुग्दा ४९ पुगेको छ । सवैभन्दा बढी फागुनमा ५१ स्वदेशी पुरुष ७ स्वदेशी महिला २ विदेशी पुरुष र १ विदेशी महिला गरी कुल ६१ जना मानिस पक्राउ परेका छन् । त्यो महिना प्रहरी कार्यालयमा ३९ वटा मुद्धा दर्ता भए । ७० ग्राम ५ सय मिलग्राम गाजा र ३ सय ३५ ग्राम ९ सय ९० मिलिग्राम हिरोईन प्रहरीले फेला पारेको थियो । प्रवक्ता प्रहरी नायव उपरीक्षक चन्दका अनुसार चैतमा ५५ स्वदेशी पुरुष, २ स्वदेशी महिला र २ विदेशी पुरुषगरी कुल ५९ जना मानिस पक्राउ परेका छन् । त्यो महिना लागूऔषध सम्बन्धका ३७ वटा मुद्धा दर्ता भएका थिए । १ केजी ४ सय ७९ ग्राम ४ सय मिलिग्राम गाजा चैतमा प्रहरीले बरामद गरेको अभिलेखले देखाएको छ ।

साउनमा लागूऔषधका २५ वटा मुद्धा दर्ता हुँदा ४ केजी ४ सय ५० ग्राम २ सय ८० मिलिग्राम गाजा र ८७ ग्राम हिरोईन प्रहरीले नियन्त्रणमा लिइएको बताइएको छ । भदौ महिनामा ४२ जना मानिससहित १० केजी १ सय ७ ग्राम गाजा र ४ सय ५५ ग्राम हिरोइन , असोज महिनामा ४१ जना मानिस र १ केजी ६ सय ७० ग्राम गाजा र १ सय ७६ ग्राम ४ सय ४० मिलिग्राम हिरोईन, कात्तिक महिनामा लागूऔषधका १० वटा मुद्धा दर्ता हुँदा १७ जना मानिस पक्राउ परेका छन् । ३२ ग्राम ७ सय मिलिग्राम हिरोईन प्रहरीले नियन्त्रणमा लिइएको बताईएको छ । मंसिरमा १२ पुरुष, ३ महिला स्वदेशी र २ पुरुष विदेशीसहित १७ जना मानिस पक्राउ परेका थिए । ११ वटा मुद्धा दर्ता हुँदा ७० ग्राम ४ सय ७० मिलिग्राम हिरोईन बरामद गरेको अभिलेखमा उल्लेखमा छ । पुसमा १४ जना पक्राउ र ९ वटा मुद्धा दर्ता भएका छन् भने १ सय ६२ ग्राम २ सय ७० मिलिग्राम हिरोईन बरामद भएको छ । माघ महिनामा ३५ जना पक्राउ र २६ वटा मुद्धा दर्ता भएका छन् । त्यो महिना २ सय ५० ग्राम गाजा र ३९ ग्राम ३ सय २० मिलिग्राम हिरोईन बरामद भएको छ ।

बैशाखमा ४२ जना स्वदेशी पुरुष, २ स्वदेशी महिला, ५ विदेशी पुरुषगरी कुल ४९ जना मानिस पक्राउ परेका थिए भने, लागूऔषधका २९ वटा मुद्धा दर्ता भएका थिए । १ सय २ ग्राम ९ सय २० मिलिग्राम गाजा र ३ सय ९८ ग्राम ८ सय मिलिग्राम हिरोईन बैशाखमा प्रहरीले बरामद गरेको थियो । एकजना प्रहरी अनुसन्धान अधिकृतका अनुसार चोरी गरी भाग्न सजिलो भएका ठाउँ, उज्यालो नभएको र सुरक्षाका पर्याप्त साधनहरु नअपनाइएका पसललगायतमा बढी चोरी हुने गर्दछन् । यस्ता घटनामा अधिकाँश लागूऔषध प्रयोगकर्ताको संलग्नता देखिन्छ । उहाँका अनुसार ७० देखि ९० प्रतिशत आपराधिक घटनामा लागूऔषधका प्रयोगकर्ता संलग्न हुने गरेको छ । बजार क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्म लागूऔषधका प्रयोकर्ताहरु रहेका छन् ।

लागूऔषधका सेवनकर्ता र कारोबारीहरुको पहिचान गरी पक्राउ गरी प्रहरीले प्रचलित कानुनअनुसार मुद्दासमेत चलाउँदै आएको उहाँको भनाई छ । यसकारण पनि लागूऔषध प्रयोकर्ताहरु र कारोबारीहरुमाथि निगरानी बढाईएको प्रहरीको भनाई छ । प्रहरी एक्लैको प्रयासले लागूऔषधको जालो भत्काउन गाह्रो हुने प्रहरीको भनाई छ । युवाहरुलाई लागूऔषधको कुलतबाट जोगाउनका लागि कार्य अगाडि नबढाइए यसले डरलाग्दो अवस्थामा पु¥याउने मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाई छ । लागूऔषधको प्रयोगलाई न्यूनीकरण गर्नका लागि नगरपालिकाले सचेतना कक्षा सञ्चालन गरी किशोर र युवाहरुलाई सजग गराउने काम गर्दै आएको उहाँको भनाई छ । युवाहरुलाई लागूऔषधको कुलतबाट जोगाउन नसके असल समाजको परिकल्पना गर्न नसकिने उपप्रमुख उप्रेतीको भनाई छ ।

लागूऔषधका प्रयोगकर्ताहरुमा युवाहरुको संलग्नता बढी देखिन थालेको छ । पछिल्लो समय महिलाहरुको समेत संलग्नता देखिन थालेको छ । कार्यलाई निरुत्साहित गर्नका लागि सबैको एकबद्धतासँगै सहयोगको खाँचो रहेको उपप्रमुख उप्रेतीले आवश्यकता औल्याउनुभयो । भारतीय खुला सिमानाका कारण लागूऔषध भित्रिने गरेको उहाँको भनाई छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.