नागरिकता किर्तेमा कान्तिपुर कार्यालयबाटै अध्यक्ष कैलाश सिरोहिया पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ : नागरिकता किर्तेसम्बन्धी कसुरमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुरको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको छ।

प्रहरी टोलीले कान्तिपुरको कार्यालयमै उनलाई भेटेका थिए। उनलाई कार्यकक्षमै पुर्जी थमाएर प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउ पुर्जी थमाउँदा वरिष्ठ अधिवक्ता शम्भु थापा पुगेका थिए। उनले वकिलसँगै जान पाउनुपर्ने र त्यो कुरा हस्ताक्षरित कागजमा उल्लेख हुनुपर्ने अडान राखेपछि केहीबेर भनाभन हुँदा पक्राउमा ढिलाइ भएको थियो।

नेपाल प्रहरीले सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरेको थियो।

कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रविन्द्र रेग्मीको नेतृत्वमा टोली खटिएको थियो। पक्राउपछि उनलाई आजै धनुषा पठाइने जनाइएको छ।

उनलाई आजै धनुषा जिल्ला अदालतले पक्राउका लागि अनुमति दिएको थियो। अनुमति पाएको केही घण्टामै पक्राउ गरिएको हो। यसअघि वैशाख १६ गते उनीविरुद्ध नागरिकता किर्तेसम्बन्धी कसुरमा जाहेरी परेको थियो। सोही घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.