चौथो इस्टर्न ट्राभल मार्ट २०२४ सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

तीन दिनसम्म सञ्चालित चौथो संस्करणको इस्टर्न ट्राभल मार्ट २०२४ को समापन गरिएको छ ।

कोशी प्रदेशको इटहरीबाट सुरु भएको मार्ट धनकुटा, तेह्रथुम, पाँचथर र इलामका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको स्थलगत भ्रमण र परिचर्चा गर्दै झापाको मेचीनगरमा पुगेर सम्पन्न भएको हो ।

मेचीनगरको होटल मेची क्राउनमा सम्पन्न कार्यक्रममा भारतीय पत्रकार तथा पर्यटन व्यवसायीले पूर्वी नेपालका पर्यटकीय क्षेत्रको भारतमा प्रवर्धन तथा प्रचार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कोशी प्रदेशको समग्र पर्यटन उत्पादनहरूलाई प्रदेशका सीमावर्ती भारतीय सहर र नेपालका अन्य प्रदेशहरूमा समेत प्रचारप्रचार र प्रवर्धन गर्ने मुख्य उद्देश्यसहित आयोजना गरिएको मार्टको यात्रामा १३० जनाको सहभागिता रहेको थियो ।

छिमेकी देश भारतका बिहार, पश्चिम बङ्गाल सिक्किम, भुटान र बङ्गलादेश समेतका गरी ८० भन्दा बढी ट्राभल व्यवसायी, पर्यटनकर्मी, पर्यटन पत्रकार, पर्यटन अभियन्ताहरूको सहभागिता रहेको कार्यक्रमका संयोजक भविषकुमार श्रेष्ठले बताए ।

त्यस्तै, नेपालका लुम्बिनी, बाग्मती, गण्डकी, मधेस र अन्य प्रदेशका ५० जनाभन्दा बढी ट्राभल व्यवसायीहरूको सहभागिता रहेको मार्टका उपाध्यक्ष उदयकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीहरूबीच सूचना र व्यापार र समझदारी बनाउँदै देशीय तथा अन्तर देशीय व्यवसायी प्याकेजहरूमा छलफल भएको संयोजक श्रेष्ठले बताए ।

मार्टका संयोजक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी निर्देशक हिक्मतसिंह ऐर लगायतले कोशी प्रदेशका पर्यटकीय क्षेत्रको प्रचार अझ गरेर विदेशी पर्यटक भित्र्याउन नेपाल व्यवसायी घनीभूत ढंगले लाग्नुपर्ने धारणा राखेका थिए ।

मार्टका पूर्वसचिव नविन खरेलले सञ्चालन गरेको कार्यक्रममा मार्टका उपाध्यक्ष उदयकुमार श्रेष्ठले स्वागत गर्दै कार्यक्रमबारे प्रकाश पारेका थिए ।

कार्यक्रमका लागि नेपाल पर्यटन बोर्डबाट तीस लाख र इटहरी उपमहानगरपालिकाले तीन लाख उपलब्ध गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.