एक हजार बढी पर्यटकद्धारा चरा महोत्सव अवलोकन

A notice in Nepali from Mechinagar Ward No. 10

विश्व सीमसार क्षेत्रमा सुचीकृत जगदिशपुर तालमा गरिएको आठौँ चरा महोत्सवमा हजार बढी पर्यटकले चरा अवलोकन गरेका छन् । २५ औं  सिमसार दिवसका अवसरमा गरिएको चरा महोत्सवमा चरा हेर्न आउने पाहँुनालाई नजिकबाट चरा हेर्नका लागि आयोजकले देखाईएको थियो । तालको पश्चिम पट्टी निर्माण गरिएको ‘भ्यू टावर’ तालको डीलबाट पर्यटकहरुले चराको अवलोकन गरेका थिए ।

पर्यटकलाई  लक्षित गरी ४ बाईनाकुलर जडान गरेर राखिएको थियो । ताल र चराका विषयमा नेपाल पंक्षी संघका देब बहादुर रानाले तालमा देखिने आगन्तुक चराका बिषयमा जानकारी गराएका थिए । चरा आएको देश र ठाउँ, प्रजाति भन्दै चरा अवलोकन गराएका थिए । त्यस्तै उनले चराको महत्व बताउदै त्यसको जर्गेना गर्नु पर्ने कारण पनि बताउने गरेका थिए । चरा हेर्न छिमेकी जिशलला रुपन्देही बुटवल भैरहवाबाट पनि सर्वसाधारण आएका थिए । यस्तै छिमेकी गाउको विद्यार्थी चरा हेर्न ताल आएका थिए । सधै कार्यालयको कामबाट फुर्सत नहुने प्रजिअ दीर्घ नारायण पौडेलले समय झिकेर धीत मार्ने गरि चरा हेरेर आनन्दित भएको बताए । ‘पंक्षीहरुले भरिभराव तालमा चराको चिरबिराहले निकै रमाईलो लाग्यो’ बाईनाकुरले चरा हेर्दै उनले भने । यस्तै शान्ति सुरक्षामा सधै  व्यस्त रहने प्रहरी उपरिक्षक नवराज अधिकारीले गदशीपुरमा चरासहितको मनमोहक दृष्यले आफुलाई निकै सन्तुष्टि मिलेको बताए ।

श्रीमितिसंगै तालमा पुगेका प्रहरी उपरिक्षक अधिकारीले चरा जल विहार, चिरबिराहट र जलक्रिडाले आफू निक्कै रोमाञ्चित भए । ’  एकै छिनमा ३० बढी प्रजातिको चरा देखे पछि मनै फुरुङ भएकाप्रदेश सदस्य बिष्णु पन्थीले बताए । ‘  चरा हेरर शान्तिको अनुभुति पाए,  बुद्ध शिक्षाबाट शान्ति आउछ भन्ने उनी चरा हेरेरै शान्तिको अनुभूति गर्न सकिन्छ भन्ने नया अनुभव गरे । ’ चरा महोत्सवम हेर्न धेरै संचारकर्मी पनि पुगेका थिए । चरा पर्यटनको गन्तब्य बनाउन तालमा चरा महोत्सव गरिएको आयोजक जगदीशपुर जलायस बहुसरोकार मंचका अब्दुल रसिद खाले बताए ।

जगदीशपुर ताल बहुसरोकार मंचद्वारा आयोजित कार्यक्रममा अतिथिहरुले चरा संरक्षण गरेर पर्यटकीय गन्तब्य बनाउन सबै लाग्नु पर्ने कुरामा जोड दिईएको थियो । तालमा चरा र माछाको चोरी शिकारी नियन्त्रणमा ठोस कदम चाल्नु पर्ने सहभागीहरुले बताए । जैबिक विविधता र चराको महत्ब मात्रै देखाउन योजना बनाएर लाग्न सकियो भने स्थानीयको राम्रो आर्यआर्जन हुने प्रजिअ पौडेलले बताए ।मंचका अध्यक्ष ललित गूरुङले तालमा अझै सम्म सरोकारवला निकायको ठास सहयोग नहुदा दिगो बिकास हुन नसकेको गुनासो गरे । उनले तालको बिकासमा सबैले चासो लिनु पर्ने बताए ।

तालमा ढुंगा चलाईदा मानव गतिबिधि बढेकोले यस बर्ष चराको संख्यामा कमी आएको भन्दै चराबिदहरुले चिन्ता  ब्यक्त गरेका छन । १ सय ५७ हेक्टरमा रहेको ताल सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको थियो । तालमा १ सय ८ बढी प्रजातिका चरा, ८ प्रजातिका उभयचर र ३८ प्रजातिका सरिसृप पाईने पंछी संरक्षण संघले गरेको अध्ययनले देखाएको छ । बिश्वमै दुर्लभ मानिएका ८ प्रजातिका चराहरु पनि देख्न पाईन्छ । तालमा १० प्रकारका स्तनधारीहरु पनि देख्न पाईने बरिष्ठ चराबिद् डा. हेमसागर बरालले बताए । ताल नेपालमा पाईने २७ प्रजातिका चराका लागि महत्वपूर्ण  क्षेत्रका रुपमा रहेको छ । ताल पर्यटकिय र जैबिक बिबिधताले निक्कैमहत्वपूर्ण  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.