मेचीनगर ,माघ २२ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहले आज गरेको आमहड्तालको पूर्वमा आंशिक प्रभाव परेको छ । यद्यपि बन्द भने जारी नै रहेको छ । बन्दबाट सर्वसाधारणहरुले सास्ती भोग्नु परेको छ ।

काठमाडौं, पोखरा ,बुटवल ,भैरवहा लागायत ठाउँबाट लामो दुरीका सार्वजनिक सवारी साधनहरु झापाको काँकरभिट्टा नाका आइपुगेका छन् । काँकरभिट्टाबाट पश्चिमका लागि केहि बसहरु छुटेको स्थानीयले बताएका । बिर्तामोड जाने तरखरमा रहेका एक यात्रुले भने ‘ सबैतिरबाट दबाब सृजना भएको कारण बन्द फिर्ता पनि हुन्छ होला ,त्यही आश गरौँ ।”

काँकरभिट्टामा बिहीबार बिहानैदेखि चोकमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरुको उपस्थिति रहे पनि प्रदर्शनकारीहरु भने देखिएका छैनन् । त्यसैगरी काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी भएको छ। आज आमहड्ताल आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले ट्याक्सीमा आगजनी गरेका हुन् भन्ने अनुमान लगाइएको छ ।
बिहीबार बिहान प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।

























