नेप्से हालसम्मकै उच्च विन्दुमा ,बजार पूँजीकरण ३४ खर्ब ५२ अर्ब

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडाैं । लगातार उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ  । धितोपत्र बजारमा शेयर कारोबार  मापक नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको हो  ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ३७.४८ विन्दुले बढेर नेप्से दुई हजार ५६१.४७ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२८ ले उकालो लागेर ४६६.६० मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार रकममा समेत उच्च वृद्धि देखिएको छ । कूल २०६ कम्पनीको दुई करोड ११ हजार ५५५ कित्ता शेयर  १० अर्ब ६१ करोड ९१ हजार ६३ हजार ८६९ रुपैयाँ बराबरको कारोवार भएको छ ।

आजको कारोवारपछि बजार पूँजीकरण बढेर साढे  ३४ खर्ब रुपैयाँ बराबर भएको छ । नेप्सेका अनुसार  ३४ खर्ब ५२ अर्ब ७५ करोड ८० लाख २५ हजार १२२ रुपैयाँ बराबर पुगेको छ । लगानीकर्ता बैंक, विकास बैंक र जीवन बीमा उपसमूहको शेयरमा आकर्षित भएको आजको कारोवारले देखाएको छ ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार ३.९६, जलविद्युत् १९.७३, निर्जीवन बीमा १३१.९२, उतपादन ७४.८९ र लघुवित्त ३१.४२ विन्दुले घटेको छ । यस्तै, बैंकिङ ६२.७२, होटल २८.८६, विकास बैंक ८६.४२, वित्त २२.६८, अन्य ९.६९, जीवन बीमा २११.३७ र सामूहिक लगानी कोष ०.१२ विन्दुले बढेको छ ।

कारोवारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ६२ करोड १३ लाख ५३ हजार १२९ रुपैयाँ बराबरको कारोवार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स  ३३ करोड ७९ लाख ५६ हजार ८६३ रुपैायाँ, नबिल बैंक  ३३ करोड ४४ लाख ३४ हजार ५९७ रुपैयाँ, डिप्रोक्स लघुवित्त  ३३ करोड १२ लाख २९ हजार ९२७ रुपैयाँ, ग्लोबल आइएमई बैंक २९ करोड ४२ लाख ३२ हजार ७७२ रुपैयाँ, फस्ट माइक्रोफाइनान्स २७ करोड ८८ लाख ३४ हजार ७७५ रुपैयाँ, नेपाल पुनरबीमा कम्पनी  २७ करोड ३९ लाख ९५ हजार ४३३ रुपैयाँ, हिमालयन डिस्टिलरी  २२ करोड ३२ लाख ८९८ रुपैयाँ र एनआइसी एशिया बैंक  २० करोड ४८ लाख ९७ हजार १०८ रुपैयाँ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा गरिमा विकास लघुवित्त ९.९२, प्रभु बैंक ९.१७, सनराइज बैंक ८.४५, माछापुच्छ्रे बैंक ८.३९, छ्याङदी हाइड्रो ७.७३, गरिमा विकास बैंक ७, सूर्योदय लघुवित्त ६.९९, नेपाल फाइनान्स ६.६९ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ६.६१ प्रतिशतले कमाए ।

हिमालयन ऊर्जा विकास कम्पनी ६.७८, उन्नती सहकार्य लघुवित्त ६.३७, स्वाभिमान लघुवित्त ५.४७, सिभिल लघुवित्त ५.११, लक्षमी लघुवित्त ४.८२, स्वरोजगार लघुवित्त ४.७३, किसान लघुवित्त ४.२४, हिमाल दोलखा हाइड्रोपावर ४.१७ र मिर्मिरे माइक्रोफाइनानसका लगानीकर्ताले ४.०४ प्रतिशतले गुमाए ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.