मेचीनगर–१० मा नेपाल स्काउटकाे अगुवाइमा दुर्व्यसनमुक्त वडा अभियान सुरु — अभिमुखीकरण कार्यक्रम सम्पन्न

९ जेठ, धुलाकारी : नेपाल स्काउटकाे नेतृत्वमा मेचीनगर–१० मा दुर्व्यसन विरुद्धको चेतनामूलक अभियान सुरु गरिएको छ। उक्त दुर्व्यसनमुक्त वडा अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रम नेपाल स्काउट प्रदेश स्काउट कार्यालयको आयोजनामा तथा कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक व्यवस्थापनमा सम्पन्न भएको नेपाल स्काउट मेचीनगरकी प्रमुख आयुक्त रीता थापाले जानकारी गराउनु भयो। उहाँ कार्यक्रमकी सभाध्यक्ष समेत हुनुहुन्थ्यो।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–१० की वडा सदस्य  जानुका थापा रहनु भएको थियो। विशिष्ट अतिथिका रूपमा लिभिङ फाउन्डेसन स्कुलका प्रधानाध्यापक सेन्तीनारो गजमेर उपस्थित हुनुहुन्थ्यो भने सामाजिक व्यक्तित्व बिरमान श्रेष्ठ, स्थानीय शैक्षिक पद्धति आयुक्त  सुष्मा सुब्बा, र स्थानीय समिति सदस्य  लुइसा लिम्बूको समेत उपस्थित रहेको थियो। कार्यक्रममा स्काउटर आनन्द समशेर बोहोरा, रेञ्जर स्काउट सकु तामाङ्ग र रोभर स्काउट आयुष भट्टराईले अभिमुखीकरण गराउनु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य स्थानीय परिषद सदस्य  दीपक बागदासले राख्नु भयो भने सञ्चालनको जिम्मेवारी  दुर्गाबहादुर लुइटेलले वहन गर्नु भयो।

कार्यक्रममा ५४ जना सहभागी हुनु भएको थियो। सहभागीहरूमा शिक्षक, टोल विकास संस्थाका प्रतिनिधि, जनप्रतिनिधि लगायत विभिन्न क्षेत्रका सरोकारवाला महानुभावहरूको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि  जानुका थापाले दुर्व्यसन विरुद्धको अभियानमा सामुदायिक एकता र सचेतनाको खाँचो औंल्याउनु भयो। उहाँले भन्नुभयो, “यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रवाह गर्न ठूलो मद्दत पुर्‍याउँछ।”

स्काउट मेचीनगरकी प्रमुख आयुक्त थापाले अभियानलाई निरन्तरता दिँदै समुदायमा चेतना फैलाउने र युवा पुस्तालाई सुरक्षित र सकारात्मक मार्गतर्फ डो¥याउने प्रयास जारी रहने प्रतिवद्धता व्यक्त गर्नु भयो।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.