नेपाल तरुण दल केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै काठमाडौँमा प्रदर्शन

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ, जेठ २३: नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गर्दै तरुण दलमा आबद्ध युवाहरूले आज (शुक्रबार) काठमाडौँमा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेका छन्। अब तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर गर्दै तदर्थ समितिको म्याद नथप्न पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराउने उद्देश्यका साथ उनीहरूले काठमाडौँका विभिन्न स्थानबाट कांग्रेस पार्टी कार्यालय सानेपासम्म मोटरसाइकल र्‍याली निकालेका हुन्।

तरुण दलका केन्द्रीय सदस्य रोजन राईले नौ वर्षसम्म भ्रातृ संगठन तदर्थवादको नाममा रहनुले सिंगो संगठन कमजोर बनिरहेको बताए। उनका अनुसार, वि.सं. २०७३ सालमा पोखरामा भएको महाधिवेशनपछि तरुण दलको महाधिवेशन हुन सकेको छैन।

पछिल्लो तदर्थ समिति गठन भएको पनि तीन वर्षभन्दा बढी भइसकेको छ। उक्त समिति महाधिवेशन गर्नेतर्फ उन्मुख नभएको भन्दै आन्दोलनकारी युवाहरूले अब तदर्थ समितिको म्याद नथप्न कांग्रेस नेतृत्वलाई दबाब दिएका छन्। उनीहरूको माग छ कि तत्काल महाधिवेशनको प्रक्रिया सुरु गरी तरुण दललाई वैधानिक नेतृत्व प्रदान गरियोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.