कमल गाउँपालिकामा पहिलो पटक ‘कमल क्याम्पोरी’ सम्पन्न

A notice in Nepali from Mechinagar Ward No. 10

२५ जेठ, झापा : झापाको कमल गाउँपालिकामा पहिलो पटक आयोजित ‘कमल क्याम्पोरी’ आइतवार सम्पन्न भएको छ। कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय, वडा नं. २ मा जेठ २३ गतेदेखि सुरु भएको तीनदिने क्याम्पोरी विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न भएको हो।

“स्वयम् सेवा, अनुशासन र सहकार्य : कमल स्काउटको पहिचान” भन्ने नारासहित सञ्चालित क्याम्पोरीमा कमल गाउँपालिकाभित्रका १२ वटा विद्यालयबाट करिब ४५० जना स्काउट, ५० जना स्काउटर, र ५० जना अतिथिको सहभागिता रहेको थियो।

क्याम्पोरीका सहभागी स्काउटहरूले २२ वटा साहसिक कार्यसँगै बौद्धिक, सांस्कृतिक र समूहगत प्रतिस्पर्धामा भाग लिए। युथ फोरम, केस स्टडी, हाजिरीजवाफ प्रतियोगिता, अनुशासन अभ्यास तथा सहकार्यपूर्ण गतिविधिमार्फत स्काउटहरूले आफ्ना सीप र क्षमता प्रस्तुत गरेका थिए।

कार्यक्रमकी प्रमुख अतिथि तथा कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले स्काउट आन्दोलनलाई युवा पुस्ताको व्यक्तित्व विकासको आधारशिला भन्दै तालिममा सिकिएका मूल्य र व्यवहारहरू विद्यालय तथा समुदायमा उतार्न आग्रह गर्नुभयो। उहाँले क्याम्पोरी सफल बनाउन योगदान दिने सम्पूर्ण सहभागी, आयोजक टोली, विद्यालयहरू र अतिथिप्रति आभार व्यक्त गर्नुभयो।

क्याम्पोरी व्यवस्थापन समितिका संयोजक मात्रिका सुवेदीले स्काउट अभ्यासले बालबालिकामा सेवा भाव, नेतृत्व क्षमता, सामाजिक चेतना र जिम्मेवारीबोध बढाउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको सभाध्यक्ष नेपाल स्काउट स्थानीय प्रमुख आयुक्त गुणराज गिरी रहनुभएको थियो भने कार्यक्रम सञ्चालन नेपाल स्काउट समुदाय विकास आयुक्त माधव न्यौपानेले गर्नुभएको थियो।

समापन समारोहमा नेपाल स्काउट कोशी प्रदेश परिषद सदस्यहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, शिक्षक, अभिभावक, स्काउटर तथा समुदायका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.