कमिशन लिएर मुख्यमन्त्रीका स्वकीय सचिवले योजना बेचेको उनकै संगठनको आरोप

A notice in Nepali from Mechinagar Ward No. 10

जनकपुरधाम : प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव दिपक यादव र बेटी बचाउ बेटी पढाउका जिल्ला संयोजक आमोद यादवले कमिशन लिएर योजना बचेको आरोप लगाइएको छ । पर्सा जिल्ला विरगञ्‍जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा अडोटोरियम हल (सभागृह) को निर्माणका लागि आएको योजना कमिशन लिएर स्वकीय सचिव दिपक र संयोजक आमोदले गैर विद्यार्थीलाई बेचेको आरोप सत्तारुढ दल जसपाकै विद्यार्थी संगठनले आरोप लगाएको छ ।

जसपा निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनको पहलमा मुख्यमन्त्री लालबाबु राउतको आदेशमा क्याम्पसमा अडोटोरियम निर्माण गर्न प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रलायले ३० लाख रुपैयाँ विनियोजन गरेको थियो । तर, क्याम्पसको काम विद्यार्थी संगठनबाट वा तिनीहरुको समन्वयमा हुनुपर्नेमा पदीय दुरुपयोग गर्दै आफूहरुलाई कुनै जानकारी नै नदिई योजना बचेको आरोप समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सचिव सुजित गिरीले लगाए ।

उनले भने ‘योजना राखिएको थाहा भएपछि विद्यार्थीहरुको समन्वयमा काम गराउन सोचिरहेकै बेला एक्कासी थाहा भयो उपभोक्ता समितिसमेत बनिसकेको छ । पछि खोजबीन गर्दा मुख्‍यमन्त्रीका स्वकीय सचिव दिपक र संयोजक आमोदले आपसी लेनदेनको आधारमा त्यो योजना ठेकेदार किशोरकुमार ठकुरीसँग बेचेका छन ।’
गिरीले उपभाेक्ता समितिका लागि लेखिएकाे पत्रसमेत लुकाइएकाे आराेप लगाए । उनले सचिव दिपक र संयोजक आमोदले शहरी विकास तथा भवन कार्यालय, वीरगञ्ज महानगरपालिका वडा नम्बर १० कार्यालयलाई प्रभावमा पारी आपसी लेनदेनको आधारमा गैर विद्यार्थी ठेकेदार ठकुरीको अध्यक्षतामा आफू अनुकुल उपभोक्ता समिति बनाएकाे आराेप पनि लगाए ।

शहरी विकास तथा भवन कार्यालय पर्साले उपभोक्ता समिति बनाएर पठाउन कात्तिक ७ गते नै पत्रचार गरेको छ । तर, कसैलाई जानकारी नदिई भित्रभित्रै पुस १२ गते मात्र उपभोक्ता समिति समेत बनाइयो । केही दिनपछि कार्यादेशका लागि तयारी भइरहेको जानकारी पाएपछि रोक्न लगाएको संगठनका सचिव राजुराज गिरी बताए ।

‘योजना प्रक्रिया अघि नबढाउन हामी विद्यार्थी संगठन सम्बन्धित निकायमा भन्दै आएका छौँ । मुख्मयन्त्री राउतलाइसमेत जानकारी गराइसकेका छौं,’ उनले भने, ‘तिनीहरुविरुद्ध हामीले पहिलो चरणको आन्दोलनसमेत गरेका छौं, यदि सच्याइएन भने हामी विद्यार्थी कडा संघर्षमा जानेछौँ ।’

गलत आराेप लगाइयाे : सचिव यादव

उता मुख्यमन्त्रीका राउतका स्वकीय सचिव दीपक यादवले आफूलाई बदनाम गर्न गलत आरोप लगाइएको बताउँछन् । ‘योजना स्वीकृत गराउनेसम्म मैले भूमिका खेलेको थिएँ,’ उनले भने, ‘बजेट विनियोजन भएपछि उपभोक्ता समिति बनाउनमा कुनै संलग्नता छैन । केही गलत व्यक्तिको उक्साहटमा आफ्नै पार्टीका विद्यार्थी संगठन आफू विरुद्ध लागेका छन् ।’

दिपकका अनुसार योजना आएसँगै आफूले क्याम्पस प्रमुख डा. राजदेव कुशवाहालाई पत्र बुझ्न आग्रह गरियाे । तर, विद्यार्थीहरुको पहलबाट योजना आएको भन्दै क्याम्पस एकाई कमिटीका अध्यक्ष हरिन्द्र साहलाई बुझ्‍न लगाएका थिए । त्यसैबीचमा क्याम्पस प्रमुख कुशवाहाको निधन भएपछि एक-डेढ महिनासम्म काम नै रोकियो । यसैबीचमा थाहा भयाे कि उपभोक्ता समिति बनिसकेको रहेछ ।

‘हरिन्द्रले बुझेको चिट्ठीको सक्कल प्रति आफूसँगै हुँदाहुँदै शहरी विकास तथा भवन कार्यालय पर्साले वडा कार्यालयको नाममा उपभोक्ता समिति बनाउन कसरी पत्र काट्यो म अचम्मित छु’ उनले भने ।

मन्त्रालयको निर्देशनानुसार काम अघि बढाइएको दाबी

शहरी विकास तथा भवन कार्यालय पर्साका प्रमुख राजेन्द्र साहले भने मन्त्रालयको निर्देशन अनुसार आफूले उपभोक्ता समिति गठन गर्नका लागि वडालाई पत्राचार गरेको बताए । ‘सुरुमा हरिन्द्र नामक व्यक्तिले पत्र लगेपनि काम धेरै दिनसम्म सुरु नभएपछि मन्त्रालयको निर्देशन अनुसार त्यहाँबाट पठाइएको व्यक्तिलाई उपभोक्ता गठनका लागी मैले पत्र दिएको हुँ र सोही अनुरुप वडाले उपभोक्ता समिति गठन गरी पठाएको हो’ उनले भने ।

अडोटोरियम निर्माणका लागि नक्सा बनाउने काम भइरहेको र नक्सा बन्‍ने बित्तिकै इस्टिमेट गरेर उपभोक्ता समितिसँग निर्माणका लागि सम्झौता गरिने साहले बताए ।
श्रोतका अनुसार ठेकेदार ठकुरी जसपाका नेता एवं निर्माण व्यवसायी राजेशमान सिंह निकट व्यक्ति हुन । उनले गत दुई वर्षदेखि क्याम्पसका विभिन्‍न योजनाहरु हात पार्दै आएका छन् । राजेशमान र ठकुरी दुबै तत्कालिन राजपाका कार्यकर्ता हुन् ।

भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल पनि राजपाकै नेता भएको कारण राजेशमानसँगको पुरानो सम्बन्धको आधारमा योजना दिइएकाे आराेप लागेकाे छ । राजपालाई योजना परेपछि समाजवादी पार्टी निकट विद्यार्थी संगठन विरोधमा उत्रेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.