दबावपछि जेलमुक्त भएका रवि लामिछानेको अपील: ‘देश जेनजीको परिकल्पनामा चल्छ, तर राष्ट्रका सम्पत्ति जोगाऊँ’

युवा आन्दोलनकारीको व्यापक दबाबपछि आज जेलबाट रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक अपील जारी गर्दै देश अब ‘जेनजी’को परिकल्पना अनुसार चल्नुपर्नेमा जोड दिएका छन्। उनले हालैको आन्दोलनमा ज्यान गुमाउनेहरूलाई शहीदको दर्जा दिँदै देशका लुटेराहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने बताएका छन्।

लामिछानेले आफ्नो अपीलको सुरुवातमै आन्दोलनमा ज्यान गुमाउने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले देशलाई तीन पुस्तासम्म लुटेर सम्पत्ति जोड्नेहरूको निजी सम्पत्ति उनीहरूको नभई देशको भएको बताएका छन्। उनले लेखेका छन्, “यिनको बाँकी सम्पत्ति पनि पूर्ण रुपमा राष्ट्रीयकरण गरिनुपर्छ र यिनीहरूलाई कानुनी दायरामा समेत ल्याउनैपर्छ।”

आन्दोलनकारीलाई सम्बोधन गर्दै लामिछानेले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्तिहरूको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। उनले सरकारी दस्तावेज, प्रहरी, सुरक्षा निकाय, र न्यायालय जस्ता राष्ट्रिय सुरक्षासँग सरोकार राख्ने संस्थाहरूलाई जोगाउनु जरुरी भएको बताएका छन्। सरकारी सम्पत्तिमा क्षति पुग्दा राष्ट्रकै सम्पत्तिको क्षति हुने हुँदा त्यसको संरक्षण गर्ने जिम्मेवारी पनि नागरिककै भएको उनको भनाइ छ।

लामिछानेले यो आन्दोलन विशुद्ध जेनजीको भएको बताउँदै अब मुलुकको नेतृत्व जेनजीकै माग र परिकल्पना अनुरूप अघि बढ्नुपर्ने कुरामा आफू स्पष्ट रहेको जनाएका छन्। उनले आफू सदैव नागरिक सर्वोच्चताको पक्षमा रहेको पनि बताएका छन्।

उनले आम नागरिकको दबाबपछि कानुनबमोजिमको प्रक्रिया पूरा गरी सरकारले पत्र थमाए पछि मात्रै आफू कारागारबाट रिहा भएको स्पष्ट पारेका छन्। भविष्यमा आउन सक्ने सम्पूर्ण कानुनी प्रक्रियाका लागि आफू तयार रहेको जानकारी गराउँदै उनले एक सचेत नागरिकका रूपमा अब सबैलाई संयमित हुन हार्दिक अनुरोध गरेका छन्।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.