काँकरभिट्टा, १४ फागुन | मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्था मेचीनगरले संस्थाका ६ जना ज्येष्ठ सदस्यहरुलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । संस्थाको १३ औं वार्षिक साधारणसभाको अवसर पारेर कार्यक्रमका प्रमुख अतिथि नेपाल सहकारी बैंकका केन्द्रिय सञ्चालक तथा कमर्सियल एग्रीकल्चर एलायान्सका केन्द्रिय अध्यक्ष दुर्गाप्रसाद सापकोटा, संस्थाका अध्यक्ष भगिरथ राई लेखा समिति संयोजक दुर्गाबहादुर लुइटेलले संयुक्तरुपमा नगद २ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान प्रदान गर्नुभएको थियो ।
यसरी सम्मानित हुनेहरुमा दुर्गादेवि तिवारी, चन्दनी राजवंशी, इन्द्रमाया थापा, जीतबहादु श्रेष्ठ,चन्द्रकुमारी अधिकारी र मती बेस्रा हुनुहुन्छ । ज्येष्ठ नागरिक हाम्रा अभिभावक भएको बताउँदैं कार्यक्रमका प्रमुख अतिथि सापकोटाले उहाँहरुको सम्मानमा आउने पुस्ताले कुनै कन्चुस्याई गर्न नहुने बताउनुभयो ।
उहाँले सहकारीलाई मौरीको घार संग तुलना गदैं जसरी मौरीहरु एक आपसमा मिलेर मह उत्पादन गर्छन त्यसैगरि सहकारीका सदस्यहरुबीच एकता र मेलमिलाप गर्दै संस्थालाई क्रियाशील र मजबुत बनाउने बताउनुभयो । सहकारीकर्मीहरुले देशमा के कुराको खाँचो छ त्यसलाई बुझेर अघि बढ्नुपर्ने बताउर्दै प्रमुख अतिथि सापकोटाले सहकारीले रकम संकलन र बचत गर्ने मात्र होईन सम्बन्धित लक्ष्य खोजेर उत्पादनको क्षेत्रमा आफ्ना सदस्यलाई लगाउन जोड दिनुभयो ।
अब हरेक मानिस व्यबसायिक र उद्धमशील बन्नजोड दिदैं उहाँले संस्था जन्माउन सजिलो छ तर, त्यसलाई हुर्काउन, बढाउन अनि फलाएर फल खान धेरै मिहनत गर्नुपर्ने बताउनुभयो । सहकारीहरु एक आपसमा प्रतिस्पर्धी नभई सहयोगी भएर अघि बढ्नुपर्नेमा जोड दिर्दै उहाँले सहकारीका मुल्य, मान्यता सिद्घान्त र भावना बुझ्न नसके सहकारी दुर्घटनामा पर्ने हुदाँ त्यसतर्फ सचेत र सजग रहन सहकारीकर्मीहरुलाई आग्रह गर्नुभयो । सहकारी संख्यात्मक रुपमा सञ्चालन हुनु भन्दा गुणात्मकरुपमा अघि बढे सबैका लागि हित हुने उहाँको भनाई थियो । सहकारीको माध्यमबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउँदै मुलुकमा बढ्दो आयात प्रतिस्थापन गर्न सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरी सदस्यहरुलाई आत्मनिर्भर बनाउन पहल गर्नुपर्ने प्रमुख अतिथि सापकोटाले धारणा राख्नुभयो । सहकारीहरु उत्पादनमुखी बन्नुपर्ने र उनीहरुले आफ्ना सदस्यहरुलाई स्वलमबी बनाउनुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रमको सभापतित्व गदैं संस्थाका अध्यक्ष राईले सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुहुदैं आगामी लक्ष्य,निति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । भवन निर्माण, कुखुरा पालन तथा फ्रेस हाउस सञ्चालन, सवारी साधन खरिद, सदस्य राहत तथा हित कार्यक्रम २०७७, शेयर बृद्घि राहत योजना, सदस्य बिमा कार्यक्रमलगायतका विषयलाई प्रतिवेदनमा समेटिएको छ ।
कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरले नेपालमा सहकारी संस्था मोटाएको र सदस्यहरु दुब्लाएको टिप्पणी गर्दै सहकारी
अव आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा लोकतान्त्रिकरण जरुरी रहेको भन्दैं उनीहरुले सहकारी दर्शन, सिद्धान्त बुझन् आवश्यक रहेको भन्र्दै सहकारीको साइनबोर्ड झुण्ड्याएर मात्र सफल सहकारी नहुने उनीहरुको भनाई थियो । अब नेपाललाई कृषि प्रधान देश भनेर मात्र नपुग्ने र यसलाई व्यवहारमै लागू गर्नुपर्ने बताउदैं वक्ताहरुले कृषिलगायत हरेक कुराका लागि परनिर्भर बन्नु पर्ने परम्पराको अन्त्य सहकारीले गर्नुपर्नेमा जोड दिए ।
संस्थाका हरेक सदस्यहरु एकताबद्धरुपमा अघि बढेर संस्था, सदस्यलगायतको हितका लागि एकजुट हुनुपर्ने र सहकारीकोे एकता नटुट्न नहुने उनीहरुको भनाई थियो । उनीहरुले सहकारीमा प्रतिफल भन्दापनि हरेक सदस्यले आफ्नो उपस्थिती खोज्नुपर्ने बताए । मुलुकका प्रत्येक सहकारीले मुलुकको आर्थिक समृद्धिको लागि खेलेको अतुलनीय भूमिकाप्रति राज्य बेखवर हुन नहुँने उनीहरुको भनाई थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष नारायण प्रसाई, नेपाल बहुउद्घेश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती, काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भुपाल शिवाकोटी, मखमली बचत तथा ऋण सहकारी संस्थाका भुवन सुब्बा खरेल, नेकपाका झापा जिल्ला सदस्य डिल्लीराम घिमिरे, जनता समाजवादी पार्टी नेपालका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ काँकरभिट्टा माविका प्रधानध्यापक तुलसीप्रसाद निरौला, प्याव्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल, नाईट चेस क्लब काँकरभिट्टाका अध्यक्ष राजु कार्की, सञ्चारकर्मी ज्ञानेन्द्र निरौलालगायतले बोल्नुभएको थियो ।