अध्यक्षमा पुनः भगिरथ

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, १४ फागुन | आगामी चारवर्षे कार्यकालका लागिमेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्था मेचीनगरको अध्यक्षमा पुनः भगिरथ राई सर्वसम्मत चयन हुनुभएको छ । शुक्रबार सम्पन्न संस्थाको १३ औं वार्षिक साधारणसभाको बन्दसत्रले राईको नेतृत्वमा सवैपदमा पदाधिकारी सर्वसम्मत चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा राजकुमार पराजुली तथा सदस्यहरुमा देवीप्रसाद उप्रेती, गणेशबहादुर बस्नेत, रीता थापा, लक्ष्मी श्रेष्ठ, डिल्लीकुमार काफ्ले, गोपालप्रसाद शिवाकोटी, खडानन्द भण्डारी, मीनाकुमारी कट्वाल र नारायण ढुङ्गाना सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिका संयोजक तुलसीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

यसैगरी, बन्दसत्रले दुर्गाबहादुर लुईटेलको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । समितिको सदस्यहरुमा देवेन्द्रकुमार खरेल र ओमप्रकाश दुलाल चयन हुनुभएको संयोजक निरौलाले जानकारी दिनुभयो । संस्थाको शेयर पुँजी एक करोड ६३ लाख ७ सय पुगेको छ । संस्थाको कारोबार ८ करोड १७ लाख ४७ हजार ५८२ पुगेको छ । त्यस्तै मेची सदस्य स्वास्थ्य राहत योजना मार्फत २५ हजारसम्मको स्वास्थ्य खर्च उपलब्ध गराइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.