एउटा भान्सेलाई स्वागत गर्न एयरपोर्टमै २ सयबढी आउँदा खुसी लाग्यो: सेफ सन्तोष साह

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । नेपाल पर्यटन बोर्डले सेफ सन्तोष साहलाई सम्मान गरेको छ । नेपाली खानालाई विश्वस्तरमा चिनाउनमा योगदान पुर्याएको भन्दै बोर्डसँगै होटल एसोसिएसन नेपाल (हान) र रेष्टुराँ एन्ड बार एसोसिएसनले समेत सम्मान गरेको छ ।

पर्यटन बोर्डमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै साहले भान्सेलाई पनि यति धेरै सम्मान दिएकोमा आफू खुसी भएको बताए ।

‘म सामान्य भान्से न हो, मन्त्रीज्यूका घरमा पनि १० जना भान्से होलान । मलाई विमानस्थलमा २ सयभन्दा बढीले स्वागत गर्नु भयो । यसले नेपाल पनि परिवर्तन भइरहेको आभाष भयो,’ उनले भने ।

करिब २० वर्षदेखि नेपाल बाहिर रहेर सेफका रुपमा कार्यरत साह केही दिन अघि मात्रै नेपाल आएका थिए । उनले सरकारको बनाउने क्वारेन्टिनको नियम पूरा गरेर आजदेखि सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए ।

उनले नेपाल कृषिप्रधान देशबाट पर्यटनप्रधान देश भएको भन्दै पर्यटन प्रबर्द्धनका लागि नेपाली खानालाई चिनाउन निकै जरुरी रहेको बताए ।

‘नेपाली खानाका कैयन प्रकार छन्, भन्दै जाने हो भने एक घण्टा लाग्छ तर हामीहरु दाल, भात, तरकारीबाहेक मःमः र चाउमिन मात्रै भन्छौं, अब हामीले खानाका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्नुपर्छ,’ उनले भने ।

नेपालमा आउने पर्यटकहरुले बोतलको पानी र तातो खाना खानैपर्छ भनेर बकेट लिस्ट बनाउँछन्, यो भनेको नेपालमा चिसो खाना स्वस्थकर छैन भन्ने बुझाइ छ, कैयन पर्यटकहरु फूड पोइजन भएर स्वदेश फर्कका छन्,’ उनले भने, ‘हामीले अब नेपाल पनि खानाका लागि गन्तव्य हो भन्ने चिनाउनु जरुरी छ, खानाबाटै सस्कृति पनि विश्वमा चिनाउनु जरुरी छ ।’

साहले आफू मास्टर सेफमा सहभागी हुँदा भटमास, गुन्द्रुक, कोदोलाई नेपालीकरण गरी चिनाउन प्रयास गरेको बताए ।

‘मैले आफ्नो ठाउँबाट सक्ने काम गरेको छु, आगामी दिनमा पनि अझै गर्दै जानेछु । मैले मात्रै होइन हामी सबैले नेपाली खाना र नेपाल चिनाउका लागि काम गर्नैपर्छ,’ उनले भने ।

साहले आफूले वर्ल्ड फूड म्याप बनाउन लागेको र रेष्टुराँ समेत सञ्चालन गर्न लागेको बताए । उनले आफूले बीबीसीको मास्टर सेफ प्रतियोगितामार्फत् नेपालीको नम्रताका साथै साथै जन्मदिने आमा र जन्मभूमि नेपाल आमाप्रतिको सम्मानका साथै नेपाली खानालाई विश्वस्थरमा पहिचान दिलाउने प्रयास गरेको बताए ।

नेपाल भौगोलिकरुपमा मात्रै नभइ खानाको विविधतामा पनि निकै धनी रहेको भन्दै पर्यटकलाई यसैले तान्न सक्ने तर्क गरे ।

कार्यक्रम बोल्दै पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मीले खानाका माध्यमबाट पनि पर्यटक पै्रबद्र्धन गर्न सकिने भन्दै विश्वमा ग्यास्ट्रोनोमीको विश्व अर्थतन्त्रमा १०.४ प्रतिशत योगदान रहेको बताए ।

उनले मानिसहरु पछिल्लो समयमा हेर्नका लागि मात्रै घुम्नेभन्दा पनि त्यहाँको खानाका साथै त्यस गन्तव्यलाई अनुभव गर्नका लागि पनि जाने हुँदा खाना त्यसको अभिन्न अंग भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.