Friday, January 22, 2021
meromechinagar@gmail.com
समाचार भेटिएन
सबै हेर्नुहोस्
Mero Mechinagar
Advertisement
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो
Mero Mechinagar
समाचार भेटिएन
सबै हेर्नुहोस्
गृह राष्ट्रिय

गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा

मेरो मेचीनगर डेस्कमेरो मेचीनगर डेस्क
September 11, 2020
0
1 min read
in राष्ट्रिय
0
सेयर
46
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा

काठमाडौं | राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा ‘रुपन्देही’ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ । हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति ६३ प्रतिशत छ ।

कोभिड–१९ महामारी नभइदिएको भए यो विमानस्थल यतिखेर व्यावसायिक सञ्चालनमा व्यस्त हुनेथियो । कोभिडले आयोजना निर्माणको प्राविधिक काममा विलम्ब भएको छ । अन्य भौतिक संरचनाका काम बन्दाबन्दीको अवधिमा पनि निरन्तर भए । विमानस्थलको प्राविधिक काम मात्रै बाँकी छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले प्रविाधिक काम निकै चुनौतिपूर्ण रहेको बताए  उनका अनुसार  अधिकांश उपकरण आइसकेको भए पनि अन्तर्राष्ट्रिय उडान सहज नभएकाले विदेशबाट जनशक्ति ल्याउन चुनौति भइरहेको छ । विमानस्थलको टर्मिनल भवनभित्र उपकरण जडानको काम बाँकी छ । ब्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थल निर्माणको कामलाई प्रभावकारी बनाउन र व्यवस्थापकीय कार्यको सहजीकरणका लागि पटकपटक स्थलगत निरीक्षण र निर्देशन दिँदै आउनुभएको छ । पछिल्लो पटक पर्यटन मन्त्रालयको वार्षिक प्रगति पुस्तिका सार्वजनिक गर्दै मन्त्री भट्टराईले विमानस्थल निर्माणको कामले तीव्रता पाएको र बाँकी प्राविधिक कामलाई पूर्णता दिन आवश्यक पहल भइरहेको जानकारी दिए।

गौतमबुद्ध विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को शुरूआतबाट मात्रै सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरूपमा प्रगति भयो ।

पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो । प्राविधिक कारण ढिलाइ हुने खतरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब हुने भएको हो ।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विश्वव्यापी मापदण्डअनुरुप विमानस्थल सञ्चालनयोग्य भएको छ महिनाअघि नै अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई जानकारी गराउनुपर्ने हुन्छ । निर्माणका हिसाबले छ महिनामा सबै काम सकिए पनि विमानस्थल व्यावसायिक सञ्चालनमा आउन अर्को छ महिना लाग्नेछ ।

कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।

विमानस्थलको धावनमार्ग, ट्याक्सी वे एवं पप्रोनको सिभिल निर्माणतर्फको कार्य सम्पन्न भइ विद्युत्को काम भइरहेको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, अग्नि निवारण भवन तथा कन्ट्रोल टावर निर्माण सम्पन्न भई उपकरण जडान भइरहेको छ ।

विमानस्थलको भित्री तारबार र नाला बनाउने काम पनि अन्तिम चरणमा छ । आइसिबी जिरोटू अन्तर्गतका उपकरणहरु आयोजना स्थलमा आइसकेको र जडानपूर्व  तयार हुनुपर्ने भौतिक संरचना तयार भइरहेको छ ।

बन्दाबन्दीको अवधिमा विमानस्थलको काम निरन्तर भयो । धावन मार्ग र जहाज पार्किङ क्षेत्र जोड्ने लिङ्क टयाक्सी वे निर्माण सकियो । पेरिमिटर सडक, फेन्सिङ निर्माण, नाला बनाउने, धावनमार्गको वरिपरि खाली स्थानमा माटो भर्ने कार्य भएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनमा एयर कन्डिसन, रङरोगन, अग्नि नियन्त्रण तथा उपकरण नियन्त्रणका लागि संरचना निर्माण गरियो । चीनमा तयार भएको कन्भेर बेल्ट, धावनमार्ग एवं ट्याक्सी वेको विद्युतीय सामग्री बत्तीलगायत सामग्री आइसकेको छ । हाल उपकरण जडानका लागि ३५ चिनियाँ दक्ष प्राविधिक/इन्जिनियर जनशक्ति ल्याउन आवश्यक कागजातसहित सम्बन्धित निकायमा पत्राचार गरिएको छ ।

हार्डवेयरजन्य सामग्री सिमेन्ट, डण्डी, मार्वल, टायल्स, आलुमिनियम आपूर्ति भइसकेको छ । बन्दाबन्दीको अवधिमा २९ चिनियाँसहित करिब २७५ जना कामदारले दैनिक कार्य गरेका थिए । विमानस्थलले उक्त अवधिमा करिब ४.५ प्रतिशत प्रगति हासिल गरेको थियो ।

-रासस

0
सेयर
46
भ्यू
Share on FacebookShare on TwitterShare on WhatsApp
पुर्व समाचार

ट्रिनबागोलाई चौँथो पटक सीपीएल उपाधि

अर्को समाचार

बाहुनडाँगीमा रक्तदान कार्यक्रम सम्पन्न

सम्बन्धित समाचारहरु

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो: प्रधानमन्त्री ओली
मुख्य समाचार

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन भयो: प्रधानमन्त्री ओली

मेरो मेचीनगर डेस्क
January 22, 2021
यस्तो छ आजको मौसम पूर्वानुमान महाशाखाको अपडेट
मुख्य समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान महाशाखाको अपडेट

मेरो मेचीनगर डेस्क
January 22, 2021
प्रदेश सांसद श्रीप्रसादले गुट परिवर्तन गर्दा डिल्लीरामलाई हैरान
राजनीति

प्रदेश सांसद श्रीप्रसादले गुट परिवर्तन गर्दा डिल्लीरामलाई हैरान

मेरो मेचीनगर डेस्क
January 22, 2021
विघटित संसद, स्खलित नेकपा, विभाजित कार्यकर्ता : हिमाल दाहाल
अन्तर्वार्ता / विचार / समीक्षा

विघटित संसद, स्खलित नेकपा, विभाजित कार्यकर्ता : हिमाल दाहाल

मेरो मेचीनगर डेस्क
January 21, 2021
0 0 vote
Article Rating
Subscribe
Connect with
Login
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Notify of
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Please login to comment
0 Comments
Inline Feedbacks
View all comments
 
 
 
 

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

हामीलाई फेसबुकमा लाईक गर्नुहोस

लोकप्रिय समाचारहरु

  • डुँडामारी एफसीको सनसनीपूर्ण जीत ,फाइनलमा शिवसताक्षीसँग भिड्ने
    डुँडामारी एफसीको सनसनीपूर्ण जीत ,फाइनलमा शिवसताक्षीसँग भिड्ने
  • काँकरभिट्टाबाट लागुऔषधसहित १ जना पक्राउ
    काँकरभिट्टाबाट लागुऔषधसहित १ जना पक्राउ
  • बुद्ध एयरको थप एटिआर शुक्रबार नेपाल आइपुग्ने, तीन गन्तब्यमा नाइट स्टप राखेर उडानको योजना
    बुद्ध एयरको थप एटिआर शुक्रबार नेपाल आइपुग्ने, तीन गन्तब्यमा नाइट स्टप राखेर उडानको योजना
  • झापामा मध्यवधि निर्वाचनको चहल पहल शुरु
    झापामा मध्यवधि निर्वाचनको चहल पहल शुरु
  • सनराइज बैंकले पहिलो पटक भित्र्यायो 'कन्ट्याक्टलेस ट्याप टू पे' कार्ड सेवा
    सनराइज बैंकले पहिलो पटक भित्र्यायो 'कन्ट्याक्टलेस ट्याप टू पे' कार्ड सेवा
अर्को समाचार
बाहुनडाँगीमा रक्तदान कार्यक्रम सम्पन्न

बाहुनडाँगीमा रक्तदान कार्यक्रम सम्पन्न

Mero Mechinagar

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ५९०/०७७/०७८

संचालक समूह :

अध्यक्ष : उदयकुमार श्रेष्ठ
प्रवन्ध निर्देशक : सुजन प्रधान
प्रधान सम्पादक : चेतनाथ गाैतम
सम्पादक : लक्ष्मीप्रसाद उप्रेती

सम्पर्क :

मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल
फोन नं : ९८५२६६२२६५
इमेल : meromechinagar@gmail.com

वर्गीकृत समाचार

  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अपराध / कानून
  • अर्थ / वाणिज्य
  • कृषि
  • कोरोना अपडेट
  • खेलकुद
  • धर्म / संस्कृति
  • पर्यटन / भ्रमण
  • फोटो / भिडीयो
  • मनोरन्जन
  • मुख्य समाचार
  • राजनीति
  • राष्ट्रिय
  • शिक्षा
  • समाज
  • साहित्य / कला
  • सूचना / प्रविधि
  • स्थानीय समाचार
  • स्वास्थ्य / जीवन शैली

Mero Mechinagar © 2020 | Powered by: The Hub

समाचार भेटिएन
सबै हेर्नुहोस्
  • गृह
  • समाचार
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मनोरन्जन
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • अन्तर्वार्ता / विचार / समीक्षा
  • अन्य
    • कृषि
    • शिक्षा
    • सूचना / प्रविधि
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • साहित्य / कला
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • अपराध / कानून
    • फोटो / भिडियो

Mero Mechinagar © 2020 | Powered by: The Hub

wpDiscuz