Wednesday, April 21, 2021
- बिज्ञापन -
गृह अन्तर्राष्ट्रियनेपाल–भारत यातायात सञ्चालन गर्न सीसीएमसीको सिफारिस

नेपाल–भारत यातायात सञ्चालन गर्न सीसीएमसीको सिफारिस

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नेपाल र भारतका बीचमा यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नको निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो । नेपाल–भारत यातायताका १३ वटा रुटबाट पूर्ववत् रुपमा यातायात सञ्चालनको निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताए ।

त्यसका लागि यात्रीहरुले पूर्ण रूपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टाअगाडिको पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने उनको भनाइ छ ।

त्यसैगरी, बैठकले नेपाल–भारत सिमानामा नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ ।

गत वर्ष चैत ११ गतेदेखि कोभिड–१९ संक्रमणका कारण नेपालमा लकडाउन गरिएपछि नेपाल–भारत यातायात हालसम्म ठप्प रहेको छ । यातायातका साधन ठप्प भए पनि सिमानाबाट हजारौँको संख्यामा दैनिक रुपमा आवत–जावत भइरहेको सन्दर्भमा यातायातका साधन पनि चलाउनको लागि पहल गरिएको सीसीएमसीका सचिव बरालले बताए ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु