आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्ट असोज १ गतेबाटै खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाटै खुला गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।  सरकारका प्रवक्ता प्रदीकुमार ज्ञवालीले बैठकका निर्णयहरु सुनाउँदै आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्ट असोज १ गतेबाटै खुल्ला गर्ने निर्णय भएको बताए । बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको उनले बताए । हवाई उडानको भाडादर तय गर्न संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई जिम्मेवारी दिएको प्रवक्ता  ज्ञवालीले जानकारी दिए। यस्तै नागरिक उडड्न प्राधिकरणलाई अनुगमको जिम्मेवारी दिइएको छ ।

विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र मास्क, भाइजर अनिवार्य प्रयोग गनुपर्ने मापदण्ड बनाइएको छ । त्यस्तै लामो दुरीका सवारी साधन पनि असोज १ गतेबाटै चल्ने उनले बताए । व्यवसायीले भाडादर भने ५० प्रतिशत बढाएर लिन सक्ने उनले बताए ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही, पीडितलाई क्षतिपूर्तिको माग

२० कात्तिक, मेचीनगर  : नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेन—जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.