इटहरीमा अक्सिजन सहित ५० शैयाको आइसोलेसन सेन्टर संचालनमा

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी,वैशाख ३० । इटहरीमा प्रत्येक शैयामा अक्सिजन सहित ५० शैयाको आइसोलेसन सेन्टर संचालन गरिएको छ । इटहरी उपमहानगरले छ शैयाको कोभिड अस्पताल सहितको आइसोलेसन संचालनमा ल्याएको हो ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले ३० शैया पुरुषका लागि र २० शैया महिलाका लागि छुटटा छुटटै ब्लकमा व्यवस्था सहित आइसोलेसन संचालनमा ल्याएको बताए। बुधबार बेलुकादेखि कोभिड संक्रमित बिरामी राखेर आइसोलेसन संचालनमा ल्याइएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।

अक्सिजन नेवुलाइजर सहितको आइसोलेसनमा २४ घण्टै स्वास्थ्यकर्मी बस्ने उनले बताइन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड बमोजिमको गुणस्तरीय खानाको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अघिकृत सूर्य प्रसाद सुवेदीले जानकारी दिए । इटहरी अस्पतालका मेसु डा. योगेश चेम्जोडले आइसोलेसन रहेको दाबी गरे । उनले माइल्ड कोभिडका विरामीलाई राखेर अक्सिजन नेवुलाइजरको सेवा समेत प्राप्त हुने जानकारी दिए ।

विरामीको स्वास्थ्य अवस्था गम्भीर वन्दै गएमा स्वास्थ्यकर्मी सहित स्टेण्डवाइ रहने एम्वुलेन्स मार्फत अन्य अस्पताल लगिने वताए । इटहरी ९ रंगशालामा गत बर्ष पनि आइसोलेसन संचालित थियो । आइसोलेसनमा स्नानगृह, शौचालय, खानेपानी, वाइफाइ समेतको सुविधा छ । आइसोलेसनको सुरक्षा नेपाली सेनाले दिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.