जसपा भित्रका दुई खेमाले गर्नथाले एक अर्कालाई कारबाही

A notice in Nepali from Mechinagar Ward No. 10

 

जेठ ९, काठमाण्डौं । जसपा भित्रका ठाकुर–महतो पक्ष र उपेन्द्र–बाबुराम पक्षले आफू अधिकारिक भन्दै एक अर्कालाई कारबाहीको डण्डा चलाउन शुरु गरेका छन् । जनता समाजवादी पार्टी (महन्थ ठाकुर पक्ष) को कार्यकारिणी समितिको बैठकले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टीमा कुनै छलफल नै नगरिकन माओवादी केन्द्र र काँग्रेस गठबन्धनमा सामेल भएको तथा पार्टीको हितविपरित गतिविधि गरेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताउनु भएको छ ।

यसअघि हिजो बसेको उपेन्द्र यादवपक्षको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । भने राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने सांसदहरुलाई कारवाही गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.