नेपाल स्काउटद्वारा शव व्यवस्थापन तालिम सञ्चलन

A notice in Nepali from Mechinagar Ward No. 10

१० जेठ, भद्रपुर । नेपाल स्काउट प्रदेश १ को आयोजनामा ४ दिने शव व्यवस्थापन तालिम सञ्चालन भएको छ । नेपाली सेनाको प्राविधिक सहयोग तथा नेपाल स्काउट झापाका १७ जना स्काउटरहरुको सहभागीतामा तालिम सञ्चालन भैरहेको नेपाल स्काउट प्रदेश १ का तदर्थ समिति सदस्य अरुण वस्नेतले जानकारी दिनु भयो ।

नेपाल अधिराज्यभर नेपाली सेनाले कोभिडबाट मृत्यु भएकोहरुको शव व्यवस्थापन गर्दै आएको भएता पनि सहज र सरल भैरहेको थिएन । नेपाली सेनाको टोली सबैतिर शव व्यवस्थापनमा खटिदा कोभिडबाट मृत्यु भएका परिवारले लामो समय सम्म नेपाली सेनालाई नै कुर्नुपर्ने बाध्यता थियो तर अब यी सबै कुरामा नेपाली सेनालाई यस तालिमबाट तालिम लिएका स्काउटरहरुले सघाउँने भएकाछन् ।


यो तलिम २०७८ साल जेठ ९ देखि १२ गते सम्म झापा जिल्ला को भद्रपुरमा सञ्चालन हुनेछ । तालिमलाई

तालिम उदघाटन कार्यक्रममा नेपाली सेनाको तर्फबाट प्रशिक्षक लेफ्टिनेन्ट डाक्टर समीर पुडासैनी ले कोरोनाको बारेमा प्रस्ट पार्दै शव व्यवस्थापनमा ध्यान पुराउनु पर्ने प्राथमिक तथा गहन विषयहरूमा प्रकाश पार्नुभएको थियो।

तालिम अवधि भर प्रशिक्षणमा रहेका प्रशिक्षार्थीलाई निश्चित सुरक्षित स्थानमा विशेष अनुशासन पालनाका साथ राखिएको नेपाल स्काउट प्रदेश १ का तदर्थ समिति सदस्य अरुण बस्नेतले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.