बेलबारी । मोरङको बेलबारी नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसख्या मन्त्रालयसँग स्वीकृति मागेको छ ।यसअघि उदयपुरको बेलका नगरपालिकाको पनि खोप खरिद गर्न अनुमति मागेको थियो ।
आफ्ना ८० हजार नागरिकका लागि खोप आफैं खरिद गर्ने जनाउँदै मन्त्रालयमा पत्रचार गरेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । पहिलो चरणमा १८ वर्षदेखि ४० वर्षसम्मका नागरिकको लागि ४० हजार र दोस्रो चरणमा ४० हजार डोज खोप खरिदको स्वीकृति लागि माग गरिएको नगर प्रमुख सुबेदीले बताए ।
नागरिकलाई बचाउन जसरी भएपनि खोप किन्नैपर्ने आवश्यकता भएकोले मन्त्रालयले स्वीकृति दिए खोप ल्याउने प्रक्रिया थाल्ने उनले बताए ।
बेलबारीमा २५० जना भन्दा बढि कोरोना सक्रमित रहेका छन् भने १० जनाले ज्यान गुमाइसकेका छन् ।

























