कोरोन संक्रमण निरन्तर ओरालो, ३ हजार ७०२ मा कोरोना संक्रमण पुष्टि, ६ हजार २०५ जना निको

A notice in Nepali from Mechinagar Ward No. 10

१६ जेठ, काठमाडौं । २४ घण्टामा देशभर ३ हजार ७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कम पीसीआर नमुनाको परीक्षण भएसँगै संक्रमितको संख्या पनि कम भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १० हजार ९८६ पीसीआर परीक्षणमा ३ हजार ७०२ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, २४ घण्टामा ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८९७ पुगेको छ । क्वारेन्टाइनमा ७६३ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप १०९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.