जनमोर्चाले सांसदबाट निकालेपछि थापा पुगे सर्वोच्चमा

A notice in Nepali from Mechinagar Ward No. 10

२१ जेठ, काठमाण्डौं । राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापा सर्वोच्चमा पुगेका छन्।

उनलाई बिहीबार जनमोर्चाले गण्डकी प्रदेश सभा सदस्यबाट हटाएको थियो।

आफूलाई प्रक्रिया नपुर्‍याई सांसदबाट हटाएको विरोधमा उनी शुक्रबार सर्वोच्च अदालत पुगेका हुन्।

पार्टीले असंवैधानिक तरिकाले कारवाही गरेको भन्दै थापाले सर्वोच्चमा रिट दर्ता गरेका छन्।

सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार यस रिटमा आइतबारका लागि पेशी तोकिएको छ।

थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङकै निरन्तरता चाहेका थिए। तर उनको दल जनमोर्चाले नेपाली कांग्रेसलगायत विपक्षी दलसँग गठबन्धन गरी कांग्रेस नेतृत्वमा गण्डकीमा सरकार बनाउन चाहेको थियो।

थापाले पार्टी निर्णयअनुसार नयाँ सरकार बनाउन हस्ताक्षर गरेका थिएनन्। त्यहीकारण उनलाई सांसद र पार्टी सदस्यबाट नै जनमोर्चाले निकालेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.