शैंया छुट्टयाउन र वैकल्पिक प्राणवायु अक्सिजनको व्यवस्थापन गर्न आग्रह मन्त्रालयको आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, २१ जेठ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर सञ्चालनमा रहेका सवैखाले अस्पताललाई कोभिड १९ का लागि शैंया छुट्टयाउन र वैकल्पिक प्राणवायु अक्सिजनको व्यवस्थापन गर्न आग्रह गरेको छ ।
शुक्रबार मन्त्रालयले देशभरका सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई शैंया र वैकल्पिक प्राणवायु अक्सिजनको व्यवस्थापन गर्न आग्रह गरेको हो । महाशाखा प्रमुख डाक्टर मदनकुमार उपाध्यायद्वारा जारी सार्वजनिक सूचनामा कोभिड १९ महामारी रोकथाम निदान तथा विरामीको उपचार व्यवस्थापनमा पुर्याएको योगदानप्रति मन्त्रालयले सवै अस्पताल, स्वास्थ्य संस्थाहरु र स्वास्थ्यकर्मीहरुमा उच्च सम्मान व्यक्त गरिएको छ । भावी दिनमा समेत यस्तै सहयोगको अपेक्षा गदैं मन्त्रालयले कोभिड १९ को पहिलो लहर नियन्त्रण उन्मुख हुदैं गएको अवस्थामा दोश्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाउदा सबैको अथक मिहनत र प्रयासले अवस्था काबु भित्रै रहन पुगेको सूचनामा जनाइएको ।

पहिलो र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ र युवाहरु संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धि तयारी प्रौढ र युवा लक्षित मात्र हुन पुगेको मन्त्रालयले जनाएको छ । दोश्रो लहर जस्तै पुनः तेस्रो चौथो आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गदैं आफ्नो स्वीकृत शैयाको कम्तिमा २० शैया कोभिड १९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न र वैकल्पिक प्राणवायु अक्सिजनको व्यवस्थापन गर्न जारी सूचनामा भनिएको छ ।
स्वास्थ्य सेवा विभाग काठमाण्डौं, सामाजिक विकाश मन्त्रालय प्रदेश नम्बर १,२ बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लुम्बिनी प्रदेश, एसोसिएसन अफ प्राइभेट एण्ड डेन्टल कलेज अफ नेपाल, काठमाण्डौं, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाललाई सूचनाको बोधार्थ दिईएको छ ।

हेर्नुहोस् स्वास्थ्य मन्त्रालयको विज्ञप्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.