पहिलो पाइला र टेवा कृषि सहकारीले कम मुल्यमा उपभोक्तालाई खाद्यान्न वितरण गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

इटहरी । झापा र भक्तपुरका दुई वटा सहकारीको सहकार्यमा सस्तो मुल्यमा उपभोक्तालाई खाद्यान्न, फलफुल, पशुजन्य वस्तु बिक्रि वितरण सुरु गरिएको छ । शनिबार पहिलो पाईला बहुउद्देश्यीय सहकारी संस्था लि. भद्रपुर र टेवा कृषि सहकारी संस्था लि. भक्तपुरको सहकार्यमा रंगेलि आमतोलास्थित सनसरी माई खाद्य उद्योगको उद्घाटन गरिएको छ ।

पहिलो पाइलाका अध्यक्ष सनिप भुजेलकाअनुसार सनसरी माई खाद्य उद्योगबाट गुणस्तरीय चामल खरिद गरी काठमाडौंमा कम मुल्यमा उपभोक्ता माझ पुर्याइनेछ ।

कार्यक्रममा बोल्दै भुजेलले नेपालमै पहिलो पटक दुई वटा सहकारी मिलेर अन्तर सहकारी कारोबार गर्न लागिएको बताए ।

सहकारीहरु बिचको आपसी सहकार्य अन्र्तगत पहिलो पाइलासँग मिलेर सनसरीमाई खाद्य उद्योगबाट गुणस्तरिय चामल काठमाडौंमा रहेका सहकारीका सदस्यसहितलाई उपलब्ध गराइने टेवा सहकारीका सचिव जगतकृष्ण श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा सनसरी माई खाद्य उद्योगका सञ्चालक नविन थापाले पनि आफूले गुणस्तरिय चामल उपभोक्ता माझ पुर्याउने प्रतिबद्दता जाहेर गरे ।

बजारमा किसानले उत्पादन गरेको जुनसुकै वस्तुलाई सिधै उपभोक्ता समक्ष पुर्याउने उद्देश्यका साथ यो कार्यको थालनी गरिएको अध्यक्ष भुजेलले जानकारी दिए । ‘काठमाडौंको सल्लाघारीमा टेवा कृषि र पहिलो पाइला सहकारीको स्टल लिइसकेको छौं,’ उनले भने, ‘इलाममा छुर्पीलगायत डेरीजन्य खाद्यको बिक्रि वितरणको लागिसमेत तयारी भइरहेको छ ।’ यस्तै किवि, मुला आलुलगायतका किसानले उत्पादन गरेका खाद्यान्नहरुसमेत किसानसँग सोझै किनेर आफ्ना ग्राहकका साथै अन्य उपभोक्ताहरुलाई पुर्याउने उनले बताए ।

टेवा कृषिका अध्यक्ष गणेशमान श्रेष्ठका अनुसार काठमाडौंमा धेरै मुल्य तिरेर पनि गुणस्तरिय चामल नपाउने ग्राहक, उपभोक्ताहरुको लागि यो उपाय फाइदाजनक हुने बताए । उनले भने, ‘अब भने यहाँबाट काठमाडौं लगेर कम मुल्यमा नै उपभोक्ता सामु खाद्यान्न पुर्याउन पाउँदा खुशी छु ।’

यस प्रकारको कार्यलाई आगामी दिनमा निरन्तरता दिएर नेपालमा नै सहकारीलाई नमूनाको रुपमा चिनाउन आफु लागि परेको श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.