शिक्षक श्रेष्ठको हत्यामा संलग्न एक आरोपी पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ५४ वर्षीय शिक्षक श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मोरङको बुढीगङ्गा गाउँपालिका–४ बाट डिबी सिलवाल भनिने धनबहादुर बिकलाई पक्राउ गरेको हो ।

चन्दा सङ्कलनका लागि मोटरसाइकलमा आउँदै गरेको अवस्थामा सिलवाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । गत मङ्सिर २३ गते बर्खेका शिक्षक श्रेष्ठको हत्या भएको थियो । श्रेष्ठको अपहरणपछि हत्यामा सिलवालको सहभागिता रहेको प्रहरीको दाबी छ । घटनामा छजना सहभागी थिए ।

‘विप्लव समूहले उद्योगी व्यावसायीसँग चन्दा माग्दै धम्माएको सूचना आएको थियो,’ उनले भने, ‘अनुसन्धानका क्रममा एकजना पक्राउ परे ।’

सङ्खुवासभाको मादी नगरपालिका–४ घर भएका ३२ वर्षीय विक विप्लव समूहको मोरङ इन्चार्ज हुन् । शिक्षक हत्यालगत्तै उनको जिम्मेवारी फेरिएको थियो । घटना हुँदा सिलवाल मेची कोसी व्यूरो सदस्य थिए ।

पक्राउ परेकाको साथबाट अटोमेटिक पेस्तोल, म्याजिन र तीन राउण्ड गोली बरामद भएको छ । चारवटा मोबाइल, ११ वटा सिम कार्ड पनि बरामद भएको छ । त्यस्तै को२४प ४००५ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ । प्रहरीले अन्य पाँच जनाको खोजी तीव्र बनाएको छ ।

२३ मङ्सिरमा घरबाटै अपहरणमा परेका शिक्षकको घरबाट केही परको जङ्गलमा हत्या भएको थियो । हत्यापछि उनको परिवार विस्थापित भएको छ । मिक्लाजुङका विप्लव समूहको गतिविधि बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.