प्रेम आलेलाई कारबाही गर्न माग गर्दै संसद सचिवालयमा उजुरी

A notice in Nepali from Mechinagar Ward No. 10

५ असार, काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमकुमार आलेलाई कारवाही गर्न माग गर्दै संघीय संसद सचिवालयमा उजुरी परेको छ। आलेले अश्लिल शब्द बोलेको र कर्मचारीलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेको विषय सार्वजनिक भएपछि उनीविरुद्ध संसद सचिवालयमा उजुरी परेको हो।

अधिवक्ता किशोर पौडेल, अनुपम भट्टराई र काठमाडौं स्कुल अफ ल मा कानुनको विद्यार्थी रहेकी रेजिना पौड्यालले मन्त्री आलेविरुद्ध उजुरी दिएका हुन्।

उजुरीमा मन्त्री आलेले यसअघि पनि भारतमा रहेका एक व्यक्तिलाई टेलिफोनमार्फत अश्लिल शब्द प्रयोग गरेको, धम्की दिएको घटनाहरु सार्वजनिक भएको र केही दिनअगाडि सोही प्रकृतिको सुन्नै नसक्ने शब्द प्रयोग भएको अडियो क्लिप सार्वजनिक भएकोमा त्यसबारे छानविन गरिनुपर्ने उल्लेख छ ।

‘प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१६ को उपनियम (ख) अनुसार प्रतिनिधि सभा सदस्यहरुले समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचारण अनुकुलको व्यवहार गर्ने उल्लेख छ। यस्तै सोही नियमको उपनियम (२) मा आचारसंहिता प्रतिनिधिसभाका पदाधिकारी र सदस्यको सार्वजनिक जीवनको सबै पक्षमा लागू हुने विषय उल्लेख छ,’ उजुरीमा भनिएको छ, ‘यसरी नियमको बर्खिलाप गरी माननीयज्यूले आफ्नै कार्यकक्षमै अपशब्द प्रयोग गर्दै भएको घटनालाई सामान्य विषय मान्न मिल्दैन।’

मन्त्री आलेको क्रियाकलापले मनेपालको भाष र संकृतिमाथि ठूलो चोट पुर्याएको र सामािजक सुव्यवस्था तथा मर्यादामाथि साधिकार व्यक्तिबाटै निर्लज्ज प्रहार भएको उजुरीमा उल्लेख छ।

उजुरीमा मन्त्री आलेको पछिल्लो कल रेकर्डको ल्याव परीक्षण गरी सत्यतथ्य पत्ता लगाइ कारवाहीको दायरामा ल्याउन माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.