रेशमलाई रिहा गर्ने प्रक्रिया सुरू, कैद माफीको निवेदन राष्ट्रपति कार्यालयमा

A notice in Nepali from Mechinagar Ward No. 10

११ जेठ, काठमाडौँ : सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद रेशम चौधरीलाई रिहा गर्ने प्रक्रिया सुरु गरेको छ।

२०७४ फागुन १५ देखि थुनामा रहेका चौधरीलाई आउँदो जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरी रिहा गर्ने प्रक्रिया सुरु भएको हो। त्यसका लागि गृह मन्त्रालय हुँदै निवेदन राष्ट्रपति कार्यालयमा पुगिसकेको छ।

‘रेशम चौधरीसहित २० जनाको कैद मिनाहाका लागि निवेदन प्राप्त भएको छ’, राष्ट्रपति कार्यालय स्रोतले थाहाखबरसँग भन्यो, ‘अहिले फाइल अध्ययनकै क्रममा छ, ‘अध्ययन सकेपछि राष्ट्रपतिसमक्ष पेस हुन्छ।’

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ मा सजाय माफी दिन सकिने व्यवस्था गरिएको छ।

‘अदालतको फैसला बमोजिम ठेकिएको सजाय पाएको व्यक्तिले सो सजाय माफी पाउन, त्यसलाई मुल्तबी राख्न, परिवर्तन गर्न वा कम गर्न गृह मन्त्रालयमार्फत् राष्ट्रपति समक्ष निवेदन दिन सक्नेछ’, भनिएको छ।

यही बमोजिम निवेदन दिँदा जुन अदालतको फैसलाबाट निवेदकले सजाय पाएको हो सो अदालतको फैसलाको प्रतिलिपि संलग्न गर्नुपर्नेछ। चौधरीलाई जिल्ला र उच्च अदालतले तोकेको जन्मकैदको सजाय यही जेठ २ गते सर्वोच्चले सदर गरेको थियो। सर्वोच्चको संक्षिप्त फैसला मात्रै आएको छ, पूर्णपाठ आउनै बाँकी छ।

निवेदन कारबाहीका लागि राष्ट्रपतिले गृह मन्त्रालयमा पठाएपछि मन्त्रिपरिषदबाट निर्णय गरी बाँकी सजाय माफीको निर्णय गर्न सक्ने व्यवस्था छ ।

संविधानको धारा २७६ मा पनि राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.