भारीमात्रामा लुकाई राखेको अवस्थामा विस्फोटक पदार्थ फेला

प्रहरी भन्छ ‘१ नम्बर प्रदेशकै ठूलो सफलता हो ’

A notice in Nepali from Mechinagar Ward No. 10

१८ माघ, मेचीनगर : झापाको मेचीनगर ६ र ७ नम्बर वडाको सीमाना नजिकै भारीमात्रामा लुकाई राखेको अवस्थामा विस्फोटक पदार्थ फेला परेको छ । सश्स्त्र प्रहरी बोर्डर आउट पोष्ट काँकरभिट्टाको टोलीले गस्ती गर्ने क्रममा नेपालको पूर्वी नाका मेची नदीको नेपाल भारत सीमाको नेपालतर्फको क्षेत्र मेचीनदीको किनारमा बालुवाले पुरेर राखेको अवस्थामा ती वस्तु फेला पारेको थियो ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ‐वीओपी) काँकरभिट्टाका प्रमुख वीओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेम राईको कमाण्डमा रहेको सशस्त्र प्रहरी टोलीले बम तथा बिष्फोटक पदार्थ बनाउन प्रयोग गरिने डिटोनेर ८० थान र पिईके ९१ थान फेला पारेको बताइएको छ । पिईके एकदम खतरनाक रुपमा विष्फोट हुने पदार्थ रहेको प्रहरीको भनाई छ । नेपालको पूर्वी नाका मेची नदीको नेपाल भारत सीमाको नेपालतर्फको क्षेत्रमा ती पदार्थ फेला परेकाले नेपाल भित्रियाउन खोजेको हुन सक्ने अनुमान प्रहरीको छ । एकजना प्रहरी अधिकृतका अनुसार एउटा बम बनाउन एउटा डेटोनेटर चाहिन्छ यसले त ८० / ९० वटा बम बनाउन सकिन्छ ।
सशस्त्र प्रहरीले यसलाई १ नम्बर प्रदेशकै ठूलो उपलबिध मानेको छ । यी पदार्थ सजिलैसँग प्रेसर कुकर बम, सिलिण्डर बम वा जस्तोसुकै बम बनाउन प्रयोग हुन्छ । यी पदार्थ चुनावलाई लक्षित गरेर नेपाल भित्रियाउन खोजीएको आशंका प्रहरीको छ । केही दिनअघि देखि झापाका विभिन्न शहरमा प्रेस कुकर बम फेला परीरहेको छ । तर, यो नेपाल भारत सीमाक्षेत्रमा फेला परेको ठूलो परिमाणको विस्फोटक पदार्थ रहेको प्रहरीको भनाई छ । सबै पदार्थ आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.