भारतीय जलसेनाका अधिकृत त्रिभुवन विमानस्थलबाट पेस्तोलसहित पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

२३ फागुन, काठमाडौँ : नेपाल भ्रमणमा आएका भारतीय जलसेनाका एक अधिकृत त्रिभुवन विमानस्थलबाट पेस्तोलसहित पक्राउ परेका छन्।

नेपाल भ्रमण सकेर सोमबार स्वदेश (भारत) फर्कने क्रममा भारतीय जल सेना चन्द्रशेखर सिंहको ब्यागेजमा म्यागेजिनसहितको पेस्तोल फेला परेपछि पक्राउ परेका हुन्।

प्रहरी उच्च स्रोतका अनुसार उनलाई महानगरीय प्रहरी गौशाला वृत्तमा राखिएको थियो। ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षको ब्यागेज कक्षमा पुगेपछि हतियार फेला परेका कारण उनलाई पक्राउ गरिएको हो, पक्राउ लगत्तै पक्राउ बारे भारतीय राजदूतावासले जानकारी गराइएको थियो’, स्रोतले भन्यो।

उनी एयर इण्डिगोबाट भारततर्फ जाँदै थिए। त्यस क्रममा सुरक्षाकर्मीले चेकजाँचको क्रममा पेस्तोल फेला पारेको थियो। यसअघि उनी आउँदा त्यो पेस्तोल ल्याएका हुन कि होइनन् भन्ने बारेमा प्रहरीले केही बताउन चाहेन।

नागरिकन्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.