काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री निवास बालुवाटारको निर्देशनपछि रिहा गरिएको खुलेको छ । प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरी उच्च नेतृत्वलाई प्रधानमन्त्री निवास बालुवाटारबाट लगातार दबाब आएको थियो ।
प्रहरीले केहीदिन पक्राउ गर्न नहुने सन्देश पठाइरहेको भए पनि बुधबार बेलुका ‘जसरी पनि पक्राउ गर्न निर्देशन दिएको’ स्रोत बताउँछ । “बालुवाटारकै दबाबमा पक्राउ गरिएको हो,” स्रोतले भन्यो, “चौतर्फी दबाबपछि बालुवाटारबाटै रिहा गर्न निर्देशन आएको थियो ।”
प्रचण्ड-नेपाल नेतृत्वको नेकपा नेता एवं विघटित प्रतिनिधि सभाकी सांसदर रामकुमारी झाँक्रीलाई बिहिबार शंखमुलस्थि निवासबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले झाँक्रीविरुद्ध ‘राज्यको कसुरविरुद्ध अपराध’ मुद्दामा पक्राउपूर्जी लिएर पुगेको थियो।
कार्यकर्ताको चर्को नारावाजीका बीच झाँक्रीले आफूमाथि प्रहरीको पक्राउ पूर्जि आएको भन्दै राज्यको इमान्दार नागरिकको हैसियतमा गिरफ्तारि दिएकी थिइन् ।




























