विगतको तुलनामा यस पटकको चुनावमा सवारी आवागमन सहज हुने

A notice in Nepali from Mechinagar Ward No. 10

२८ कात्तिक, काठमाडौँ : निर्वाचन आयोगले मंसिर ४ गते आइतबार हुने मतदानको दिन आवागमन व्यवस्थापनलाई विगतको तुलनामा निकै सहज बनाएको छ ।

विगतमा चुनावको दिन सवारीसाधन चलाउन पाउने सूचीमा राखिएका सवारीसाधन प्रयोग गर्न सम्बन्धित जिल्ला प्रशासनको अनुमति लिएर चलाउनुपर्ने स्थिति थियो । अहिले त्यसलाई परिमार्जित गरी सवारीसाधन चलाउन पाउने सूचीमा थप गरी अनुमति लिन नपर्ने व्यवस्था गरिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो । तर, मतदाता ओसारपसार गर्न भने ती सवारीसाधनले पाउने छैनन् ।

विगतमा बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल प्रयोग गर्न मात्र अनुमति लिन नपर्नेमा अहिले खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन र दूध बोक्ने सवारीसाधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु पर्दैन ।
त्यसै गरी पत्रकारले पनि आफ्नो सवारी चलाउन अनुमतिपत्र लिन नपर्ने व्यवस्था गरिएको छ । विगतमा काठमाडौं उपत्यकाको हकमा सूचना विभागको सिफारिसमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले पत्रकारलाई सवारी प्रयोग गर्न अनुमतिपत्र दिने गरेको थियो ।

त्यसलाई यसपटक परिवर्तन गरी अब सवारीसाधन प्रयोग गर्न सूचना विभाग, प्रदेश सञ्चार रजिस्ट्रार वा सञ्चार गृहले दिने परिचयपत्र पनि मान्य हुने भएको छ ।आयोगको निर्णयमा भनिएको छ– ‘सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनले अनुमतिपत्र लिनुपर्दैन ।

दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारीसाधन प्रयोग गर्न पनि अनुमति लिन नपर्ने सूचीमा राखिएको छ । त्यसै गरी निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारीसाधन, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारी साधनले पनि अनुमति लिन पर्दैन ।

त्यस्तै, अनुमतिपत्र लिन नपर्नेमा कूटनीतिक नियोग, यूएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारीसाधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारीसाधन, सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारीसाधन पनि रहेको छ ।

आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनका लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारीसाधनका लागि पनि अनुमति लिन पर्दैन । विभिन्न देशका अभ्यासमा रहेका विधिलाई अध्ययन गरी सवारीसाधन प्रयोगमा सहज बनाइएको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.