अन्तरिम आदेश जारी तर कोसी सरकार कायमै रहने : दीर्घकालीन असर गर्ने निर्णय गर्न नपाउने

A notice in Nepali from Mechinagar Ward No. 10

२७ असार, काठमाडौँ : कोसी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

अन्तरिम आदेश जारी भएपनि अहिलेको सरकार कायमै रहने छ । तर, दीर्घकालीन असर पर्ने खालका निर्णय गर्न रोक लगाइएको छ ।

“अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा, प्रस्तुत मुद्दामा तत्कालै लिखित जवाफ पेस गर्ने र इजलासबाटै निर्णयार्थ सुनुवाइको मिति तोकिएको हुँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नू, नगराउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम प्रत्यर्थीहरूको नाउँमा अन्तरिम आदेश जारी गरिएको छ,” आदेशमा भनिएको छ ।
पूर्वमहान्याधिवक्ता रमेश बडालले कोसी सरकारको अभिष्य अन्तिम सुनुवाइपछि टुंगो लाग्ने बताए ।

“सर्वोच्च अदालतले सरकार खाली हुँदैन भनेर सरकार कायम गरिदियो । तर, फुलफ्लेज्ड सरकार होइनौ भनिदिएको छ,” बडालले बाह्रखरीसँग भने, “आगामी साउन ७ गते देखि निरन्तर सुनुवाइ भएर फैसला आउने भएकाले कोसी सरकारको भविष्य त्यहीबाट निर्धारित हुने छ ।”

गएको बिहीबार सभामुखसमेतलाई जोडेर सरकार गठन गरिएपछि नेकपा (एमाले)का तर्फबाट रिट दायर गरिएको थियो । कोसीका निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर भएको रिटमा संविधानविपरीत सरकार गठन भएको दाबी गरिएको छ ।

रिटमा कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङग र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।

हेर्नुहोस् अन्तरिम आदेश :

356391036_1615194645638740_4082261209734836991_n1689166429.jpg

360855276_781351123769308_9129958716098935194_n1689166429.jpg

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.