झापामा १२ वर्षीया बालिका बलात्कार आरोपमा बुबा पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

९ असार, झापा : आफ्नै १२ वर्षीया छोरीलाई पटक-पटक करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको कन्काई नगरपालिकामा ३ सुरुङ्गा बजारका ३७ वर्षीय पुरुष रहेका छन्। इलाका प्रहरी कार्यालय सुरुङ्गाले उनलाई शुक्रबार घरबाटै पक्राउ गरेको हो।

पीडित बालिकाले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय अनारमनीका बिर्तामोडका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए।

आफ्नी आमा अर्कैसँग गएपछि ती बालिका बुबा र कान्छी आमासँग बस्दै आएकी थिइन् । बुबाले पटकपटक करणीको प्रयास गरेपछि ती बालिकाले आफ्ना स्कूले साथीहरुसंग इलाका प्रहरी कार्यालय सुरुङ्गा आएर घटनाबारे जानकारी दिएकी थिइन् । ती व्यक्तिमाथि करणी उद्योगमा मुद्धा दायर गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.