चन्द समूहको नेपाल बन्दमा आगजनी

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं,माघ ११  । महाकाली राजमार्गमाअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडमा शनिबार  एक मिनीट्रकमा आगजनी भएको छ । गोकुलेश्वरबाट दार्चुलाको सदरमुकाम खलङ्गातर्फ गइरहेको सुपप्र ००१ क १५४८ नंको मालवाहक मिनीट्रकमा आगजनी गरिएको हो ।

शनिबार दिउँसो गोकुलेश्वरमा रहेको प्रहरीको चेक प्वाइन्टमा इन्ट्री नै नगराएर गएको उक्त मिनीट्रकमा आगजनी भएको हो । नजिकै रहेको पेट्रोलपम्पमा तेल हाल्छु भनेर इन्ट्री नै नगराएर गएको उक्त मिनीट्रक आगजनी भएको खबर आएको दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।

“चन्द समूहको नेपाल बन्द रहेको थियो, प्रहरीले स्कटिङ गरेर गाडीलाई गन्तव्यमा पु¥याइरहेका थियौँ”, प्रहरी नायब उपरीक्षक विष्टले भन्नुभयो, “चेक प्वाइन्टमा आफू नजिकै जाने भनेर प्रहरीलाई ढाँटेर हिँडेको छ, उसको क्रियाकलाप शङ्कास्पद रहेकाले ट्रकमा आफैँ आगलागी भयो कि कसैले आगजनी गरे भन्ने खुल्न सकेको छैन ।”
मिनीट्रकमा आगो लागेको भन्ने खबर पनि बाहिरका मान्छेले गरेकाले थप शङ्का उत्पन्न भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदको भनाइ छ । उहाँले भन्नुभयो, “खबर पाउनसाथ हामी गएर आगो निभायौँ तर साहु र चालक भने सम्पर्कविहीन रहेका छन् ।”

ट्रकका साहु जगन्नाथ पन्त र चालक महेश पाललाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिने र अनुसन्धानपश्चात थप कुरा खुल्ने प्रहरीले जनाएको छ । मालवाहक उक्त ट्रकमा रहेको हार्डवेयरको सामग्री र ट्रक भने जलेर नष्ट भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.