नेपाली नागरिकता लिएका १० भारतीय बानेश्वरबाट पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

२४ वैशाख, काठमाडौँ : नेपाली नागरिकता लिएको आरोपमा १० जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एकैपरिवारका बाबु-आमा, छोरासमेत रहेको प्रहरीले बताएको छ । छोरा भने डाक्टर रहेको बताइएको छ ।

उनीहरूले ६२-६३ को आन्दोलनपछि मधेशमा चलाइएको नागरिकता वितरण घुम्ती टोलीबाट सिरहामा नागरिकता लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको एक प्रहरी अधिकारीले बताए । पक्राउ परेका र घटनाको विस्तृत विवरण प्रहरीले दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.