आज महानवमी पर्व, यस्तो छ महानवमीको महत्व

A notice in Nepali from Mechinagar Ward No. 10

आज महानवमी पर्व। अर्थात बडा दशैंको नवौं दिन। नवरात्रिमा शक्तिस्वरूप भगवतीको पूजा गर्ने, देवी महात्म्य पाठ गर्ने शक्तिपीठ दर्शन गर्ने प्रचलन छ।

नवरात्रभरिको महत्व आफ्नै भए पनि घटस्थापना, फूलपाती, महाष्टमी, महानवमी र विजया दशमी चार दिनको महत्व अझ धेरै छ । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्तीलाई फूलपाती वा नवपत्रिका भनिन्छ। यही फूलपातीका प्रत्येक पत्रमा एक–एक देवीको पूजा गर्ने चलन छ।

आजकै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बली दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। काठमाडौंको तलेजु भवानीको मन्दिर आजकै दिन सर्वसाधारणका लागि खुल्ला रहन्छ।

महानवमीका अवसरमा कोतहरूमा हर्ष बढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ।

काठमाडौं, ललितपुर र भक्तपुरका कुमारी घरमा कुमारीको पूजा गर्ने घुइँचो हुन्छ। तलेजु भवानीको मन्दिरमा कुमारीचोकको निर्माण गरी प्रत्येक वर्ष नवमीमा पूजा गर्ने चलन मल्लकालदेखि चलेको बताइन्छ। काठमाडौं र दोलखामा दशैंका बेला खड्गजात्रा मनाइन्छ।

दैवी शक्तिले आसुरी शक्तिलाई पराजित गरेको प्रतीकस्वरूप विजया दशमी वा एकादशीका दिन यो जात्रा गरिन्छ। असनमा मनाइने खड्गजात्रामा अन्नपूर्ण देवीको साधना गरिन्छ। यसैगरी टेबहाल, वटु, भद्रकाली, महाबौद्ध आदि स्थानमा कंकेश्वरी किलागल माश्वेतकाली र क्वहिटीमा नील बाराहीको साधना गरिन्छ। असनको जात्रामा टोलका सबभन्दा कान्छा व्यक्तिको नेतृत्वमा जात्रा गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.